काठमाडौँ । ऊर्जा क्षेत्रको सबैभन्दा मुख्य बाधा नै वन तथा वातावरण मन्त्रालय रहेको निजी क्षेत्रले आरोप लगाएका छन् । सरकार नै ऊर्जा क्षेत्रको विकासप्रति उदासीन भएको उनीहरूको भनाई छ ।
Tata
RATOPATI PATRO
निजी क्षेत्रले सरकारले ऊर्जा क्षेत्रका विद्यमान समस्यामा ध्यान नदिएको, बनिरहेका आयोजनाको अवरोध हटाउन भूमिका नखेलेको र भाषणमा मात्रै ऊर्जा क्षेत्रको विकास गर्ने भनेको भन्दै गुनासो गर्दै आइरहेको हो ।
यही समस्या लिएर स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले पटकपटक सरकारी निकायका उच्च अधिकारीहरूको ध्यानाकर्षण गराउँदै आएको छ । पछिल्लो दुई महिनाको अवधिमै इप्पानले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग यसबारे पटकपटक छलफल गरिसकेको छ । तर पनि समस्या ज्यूँकात्यूँ रहेको इप्पानको भनाइ छ ।
Laxmi sunrise bank 2034
urja-baithak-1725530067
Shivam Cement
विभागीय मन्त्रीबाट समेत समस्याको समाधानका लागि पहल नभएपछि इप्पान पदाधिकारीले असोज ६ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष यही कुरा दोहोर्याएका छन् । देउवासँगको छलफलमा सहभागी ऊर्जा व्यवसायीका अनुसार मन्त्रीबाट पनि चासो व्यक्त नभएपछि उक्त मन्त्रालयको जिम्मा पाएको पार्टी सभापतिलाई नै भेट गरेर समस्या जानकारी गराइएको हो ।
Nabil bank
सरकारी जग्गा प्राप्ति तथा रुख कटानका लागि मन्त्रिपरिषद्बाट निर्णय पारित भएपछि पनि कार्यान्वयन नहुने, अन्तरमन्त्रालय समन्वय नहुने र निजीभन्दा सरकारी जग्गा प्राप्तिका लागि समस्या बढी भएको ऊर्जा लगानीकर्ताहरूको भनाइ छ । हदबन्दी अनि कित्ताकाटजस्ता समस्याले पनि आयोजना निर्माणमा समस्या भएको निजी क्षेत्रले जनाएको छ ।
mohan kumar dangi
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी जलविद्युत्का साथै सबै खालका विकास निर्माणका काममा वन मन्त्रालय ठुलो अवरोध बनेर आएको बताउँछन् । ‘ऊर्जा मन्त्रालय, लगानी बोर्ड लगायतबाट लाइसेन्स पाएका कति कम्पनीले वनकै कारण अध्ययनसमेत गर्न पाएका छैनन्,’ उनी भन्छन्, ‘एउटा रुख काट्ने अनुमतिका लागि वर्षौँ कुर्नुपर्ने अवस्था छ । वन मन्त्रालय नेपालको नभएर अन्त कतैको सरकार जसरी पाइलापाइलामा अवरोध गर्छ ।’
विभिन्न अध्ययन अनुसार नेपालको कुल विद्युत् उत्पादन क्षमता ७२ हजार मेगावाटभन्दा बढी छ । त्यसमध्ये हालसम्म ३१५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । करिब ३०० मेगावट विद्युत् उत्पादन भए पनि प्रसारण लाइन अभावका कारण राष्ट्रिय ग्रिडमा जोडिएको छैन ।