१ मार्च २०१८
वातावरणविद्हरूलाई निराश बनाउँदै ब्रजिलको सर्वोच्च अदालतले अमाजोनस्थित घना जंगलको संरक्षण गर्ने कानूनमा गरिएका व्यापक परिवर्तनहरूलाई अनुमोदन गरेको छ।
ब्रजिलको संसद्ले पाँच वर्षअघि उक्त कानून अनुमोदन गरेको भएपनि त्यसको कार्यान्वयन हुन सकिरहेको थिएन।
त्यसमा विगतमा गैरकानूनी रूपमा विश्वको सबैभन्दा ठूलो वन क्षेत्रमा सन् २००८ सम्म गरी झण्डै दुई दशकसम्म गरिएको जंगल फडानीमा सजाय पाएका व्यक्तिहरूलाई आममाफी दिने व्यवस्था राखिएको थियो।
ब्रजिलको सबैभन्दा शक्तिशाली कृषि वकालतकर्ता समूहले अदालतको निर्णयको स्वागत गरेको छ।