Author: Banka Kura

काठसहित पाँच मोटरसाइकल प्रहरी नियन्त्रणमा

दाङ । दाङमा अवैध रुपमा चोरी तस्करी गर्नलागेको १६ वटा सालको चिरान काठसहित पाँचवटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठका अनुसार राप्ती गाउँपालिका–४ सुन्दरपुरमा अवैध रूपमा काठ चोरी तस्करी भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीको काठसहित मोटरसाइकल नियन्त्रणमा लिएको हो । प्रहरी टोलीलाई देखेपछि […]

बहुउपयोगी प्रजातिका बिरुवा रोपण

दमौली । जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका बिरुवा रोपण गरिएको छ । कृषि वन प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले सामुदायिक वनको खाली तथा उपयुक्त क्षेत्रमा वृक्षरोपण गर्नुका साथै अन्य सामुदायिक वन र निजी जग्गामा रोपण गर्न मागअनुसार बिरुवा वितरण गरेको हो । डिभिजन वन कार्यालय, तनहुँका प्रमुख मनोज रानाभाटका अनुसार कृषि वन […]

वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त

काठमाडौं । वन तथा भूसंरक्षण विभागका महानिर्देशकले विभागको नेतृत्व सफलतापूर्वक सम्हाल्दै आफ्नो कार्यकाल पूरा गरेर आज बिदा लिनुभएको छ। उहाँले आजैदेखि मन्त्रालय मातहतको ‘रेड (REDD) कार्यान्वयन इकाई’ को प्रमुखको नयाँ जिम्मेवारी सम्हाल्नुभएको छ। विभागमा कार्यरत रहँदा कुनै पनि विवादमा नमुछिई निष्कलङ्क र प्रभावकारी रूपमा काम गर्नुभएका उहाँले वैदेशिक शिक्षा र लामो प्रशासनिक अनुभवको सदुपयोग गर्दै […]

वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घ आवासीय संयोजक लिला पिटर्स यहियाले शिष्टचार भेट भएकाे छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपालको जलवायु कार्यसूची, जलवायुजन्य विपद्का विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउने तथा संयुक्त राष्ट्रसङ्घीय निकायहरूसँग सहकार्य र सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । बैठकमा मन्त्री चौधरीले […]

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन। दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ । क्लबले आफ्नो क्लबका ‘टिसर्ट’ लगायतका सामग्री बिक्रीको पाँच प्रतिशत गैँडा संरक्षणमा लगानी गर्ने भएको हो । क्लबमार्फत चितवन र यहाँको गैँडालाई विश्वमा चिनाउँदै आएको ‘चितवन राइनोज’ तेस्रो वर्ष नेपाल प्रिमियम लिग (एनपिएल) मा सहभागी हुँदैछ […]

मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती

सुदूरपश्चिम। सुदूरपश्चिममा वन क्षेत्र विस्तार र वन्यजन्तु संरक्षणका प्रयास प्रभावकारी बन्दै गए पनि मानव–वन्यजन्तु द्वन्द्व भने चुनौतीका रूपमा देखिएको छ। बाघ, चितुवा र हात्तीजस्ता वन्यजन्तुको बासस्थानमा मानवीय हस्तक्षेप बढ्नु, परम्परागत आवागमन मार्ग खण्डित हुनु र बस्ती विस्तार हुनुले मानिस तथा वन्यजन्तुबीचको जम्काभेट बढाइरहेको छ। यसको परिणामस्वरूप मानवीय ज्यान जाने, पशुधनमा क्षति पुग्ने र वन्यजन्तुसमेत मारिने […]

जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?

लोकबन्धु घिमिरे । यतिबेला नेपालमा ‘जलवायु न्याय’ अर्थात् क्लाइमेट जस्टिस निकै चर्चामा छ। नेता, कर्मचारी, पत्रकार, शिक्षक, बुद्धिजीवीदेखि सर्वसाधारणसम्मले जलवायु परिवर्तनका कारण नेपालले अन्याय भोगिरहेको र त्यसको क्षतिपूर्ति विकसित देशहरूले दिनुपर्ने विषय उठाइरहेका छन्। हिमाल पग्लिरहेका छन्, जलवायु परिवर्तनका कारण प्राकृतिक विपद् बढिरहेका छन् र हालैको भोटेकोशी बाढीले ठूलो जनधनको क्षति गरेको छ भन्ने तर्कसहित […]

सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास

काठमाडौं । दुलर्भ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३ अक्टोबरमा अन्तरराष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ । ‘उच्च हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षक, हिमचितुवाको संरक्षण’ नाराका साथ यस वर्षको हिउँ चितुवा दिवस विश्वभर मनाइएको छ । नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँचितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । हिउँचितुवा नेपाल, अफगानिस्तान, भूटान, चीन, काजकिस्तान, […]

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज

तुलसीपुर(दाङ)। दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता मिलेको छ । विगतमा सुक्खा क्षेत्रका रूपमा चिनिने र आकाशे पानीको भर पर्नुपर्ने जमिनहरूमा अहिले सहजै सिंचाइ पुग्ने गरेको छ । बृहत्त दाङ उपत्यका सिंचाई आयोजनाद्वारा ड्याम निर्माणपछि अहिले हेमन्तपुर भेगमा सिंचाइ भइरहेको छ, भने धनखन्ने, […]

कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौं। नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा जलवायु न्याय, हिमाली क्षेत्रको संरक्षण, जलवायु अनुकूलन र जलवायुजन्य हानि–नोक्सानीका विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ । कोप–३१ यही कात्तिक २३ देखि आगामी मङ्सिर ४ गतेसम्म टर्किएको अन्ताल्यामा हुँदैछ । जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असरबाट मुलुकले भोग्नुपरेका जोखिम […]

Back To Top