लमजुङ । लमजुङको बेंसीसहरस्थित डिभिजन वन कार्यालय परिसरबाटै एउटा चितुवा फुत्किएपछि बजार क्षेत्रमा डर र त्रास फैलिएको छ। चितुवालाई पुनः नियन्त्रणमा लिन खोज्दा वन कार्यालयका एक जना वनरक्षक घाइते भएका छन्। वन कार्यालयका अनुसार स्थानीय क्षेत्रबाट उद्धार गरी दिउँसो साढे ३ बजेतिर बिरामी अवस्थामा रहेको उक्त चितुवा ल्याइएको थियो। साँझ करिब ५ बजेतिर चितुवालाई थप […]
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
काठमाडौं । वन तथा भू-संरक्षण विभागले असोजमा वडादसैंको घटस्थापना अगाडि नै देशभरका डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी थालेको छ। देशभरको वन व्यवस्थापन, भू-संरक्षण, वन्यजन्तु संरक्षण तथा समसामयिक नीतिगत विषयमा छलफल गर्न विभागले यो सम्मेलन आयोजना गर्न लागेको हो। सम्मेलनका लागि आवश्यक बजेट व्यवस्थापनका हेतुले हाल वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन महाशाखासँग […]
राष्ट्रपति रामचन्द्र पौडेलद्धारा जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान
काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न तथा जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भोटेकोशी बाढीको महाविपत्तिले नेपालको हिमाली पर्यावरण असाधारण रूपमा नाजुक अवस्थामा रहेको देखाएको बताए । उनले पछिल्लो विपत्तिले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम […]
जनचेतना सामुदायिक वनले ६ हजार क्युफिटभन्दा बढी काठ लिलाम गर्दै
कपिलवस्तु । शिवराज नगरपालिका–१, भलुहीस्थित जनचेतना सामुदायिक वन उपभोक्ता समूहले काठ तथा दाउरा बोलपत्रमार्फत लिलाम बिक्री गर्ने भएको छ । समूहले स्वीकृत वन व्यवस्थापन कार्ययोजना तथा डिभिजन वन कार्यालय, कपिलवस्तु गौतमबुद्धको संकलन सहमतिअनुसार आर्थिक वर्ष २०८१-८२ र २०८२- ०८३ मा संकलन गरी उत्पादन भएका काठ तथा दाउरा लिलाम गर्न लागेको हो । समूहका अनुसार आर्थिक […]
अर्घाखाँचीमा वन्यजन्तु नियन्त्रणका लागि ‘जिल्ला शिकार अनुज्ञापत्र’ खुला
अर्घाखाँची । वन्यजन्तुबाट हुने कृषिबाली तथा मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथ डिभिजन वन कार्यालय अर्घाखाँचीले सर्वसाधारणका लागि जिल्ला शिकार अनुज्ञापत्र’ (लाइसेन्स) को आवेदन खुला गरेको छ। डिभिजन वन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै तोकिएका नियम र प्रक्रिया पुर्याएर शिकार गर्न इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ […]
जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज
राँझा बाँके । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका लागि नेपालगञ्ज व्यापारिक ट्रान्जिटका रूपमा विकास हुँदै गएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका डोल्पा, हुम्ला, जुम्ला, मुगु, जाजरकोट, रुकुम, बझाङ र दार्चुलालगायतका दुर्गम क्षेत्रमा पाइने यार्सागुम्बा, पाँचऔंंले, जटामसी, कुट्की, तितेपाती, पदमचाललगायतका जडीबुटी भारत पुर्याउन नेपालगञ्जलाई प्रमुख नाकाका रूपमा प्रयोग गरिँदै आएको नेपाल जडीबुटी […]
पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै
राँझा (बाँके) । जिल्लामा पर्यटन प्रवर्द्धन गर्न बाँके राष्ट्रिय निकुन्जलाई ‘ब्रान्डिङ’ गरी प्रचारप्रसार गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकासहित आठवटै स्थानीय तह र अन्य सरोकारवाला निकायसँग समन्वय गरी निकुन्जको प्रचारप्रसार गरिने बाँके राष्ट्रिय निकुन्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए । उनका अनुसार मङ्गलवार कोहलपुरमा भएको सरोकारवाला निकायको समन्वयात्मक बैठकले डुडुवा नाका, राँझा चोक, नेपालगन्ज […]
मध्यवर्ती सामुदायिक वनबाट घरपालुवा जनावरमाथि आक्रमण गर्ने बाघ १९ दिनको निरन्तर प्रयासपछि नियन्त्रणमा
बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकामा गाउँबस्ती प्रवेश गरी घरपालुवा जनावरमाथि आक्रमण गर्दै आएको पाटेबाघ नियन्त्रणमा लिइएको छ। गेरुवा गाउँपालिका–४ शान्तिपुर ढुकुनियास्थित शान्तिपुर मध्यवर्ती सामुदायिक वनबाट मंगलबार दिउँसो करिब ४ बजे बाघलाई नियन्त्रणमा लिइएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले जानकारी दिए। बाघले निरन्तर घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि साउन १४ गतेदेखि नियन्त्रणमा लिने […]
बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो
नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि खैरी चेकपोस्टसम्म सवारीसाधनलाई दिइँदै आएको ‘टाइम कार्ड’को समय घटाइएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा मङ्गलबार सम्पन्न समन्वयात्मक बैठकले निकुञ्ज क्षेत्रमा सवारी आवागमन सहज बनाउँदै यात्राको समय घटाउने निर्णय गरेको हो । बैठकमा बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल, […]
वन्यजन्तुले पुर्याएको क्षतिको तीन वर्षपछि राहत पाउँदा गुल्मीका कृषकहरु खुसी
गुल्मी ।वन्यजन्तुबाट पशुचाैपायमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका गुल्मीका स्थानीय कृषकले तीन वर्षपछि क्षतिपूर्तिबापत राहत रकम पाएका छन्। जिल्लास्थित डिभिजन वन कार्यालयका अनुसार किसानलाई क्षतिपूर्तिबापत नौ लाख ६४ हजार ९०० उपलब्ध गराइएको छ कार्यालयले सङ्कलित क्षतिको निवेदनअनुसार हालसम्म ७३ जना पशुधनमा क्षति पुगेका र एक जना मानवीय घाइते भएकासहित ७४ जनालाई उक्त राहत […]

