महोत्तरी । डिभिजन वन कार्यालय महोत्तरीले विशेष सूचनाका आधारमा जिल्लाको सोनमा गाउँपालिका–५, खैरबानीबाट सिमल जातका ८ थान गोलिया काठ बरामद गरेको छ। २०८३ भदौ २१ गते प्राप्त विशेष सूचनाका आधारमा डिभिजन वन कार्यालय महोत्तरीका कर्मचारीले खैरबानी प्रहरी कार्यालयको सहयोगमा संयुक्त रूपमा खोजतलास गरेका थिए। सो क्रममा आँपको रुखमुनि लुकाइराखिएको अवस्थामा एक थान ट्रेलरमा लोड गरिएको […]
पर्सामा बाघको सङ्ख्या ७१ पुगेपछि ‘सीए–टीएस’ प्रमाणीकरण प्रक्रिया सुरु
पर्सा । पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या उल्लेख्य रूपमा बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन ‘कन्जर्भेसन एस्योर्ड टाइगर स्ट्यान्डर्ड’ (सीए–टीएस) प्रमाणीकरण प्रक्रिया अघि बढाइएको छ। सन् २०२२ मा पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा वयस्क पाटेबाघ रहेकोमा सन् २०२६ को गणनामा यो सङ्ख्या बढेर ७१ पुगेको छ। बाघको सङ्ख्यामा भएको वृद्धि संरक्षणको महत्वपूर्ण उपलब्धि भए पनि […]
पर्सामा गैंडा नियन्त्रणमा लिने क्रममा वन कार्यालयका रेञ्जर घाइते
पर्सा । पर्सामा गैंडा नियन्त्रणमा लिने क्रममा वन कार्यालयका रेञ्जर घाइते भएका छन् । पर्सा राष्ट्रिय निकुञ्जबाट निस्किएको गैंडा धपाउने क्रममा सव डिभिजन वन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख रेञ्जर यमबहादुर बस्नेत घाइते भएका छन्। पर्साको जगरनाथपुर गाउँपालिका–पाडेपुरस्थित धानखेतमा प्रवेश गरेको गैँडालाई सुरक्षित रूपमा जंगलतर्फ धपाउने क्रममा गैंडाले बस्नेतमाथि आक्रमण गरेको हो। आक्रमणबाट उनको बायाँ […]
जनकपुरधाममा ‘राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३’ सम्बन्धी प्रदेशस्तरीय कार्यशाला सम्पन्न
जनकपुरधाम।मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीले मधेश प्रदेश जलवायुजन्य प्रकोपको अत्यन्त उच्च जोखिममा रहेको बताएका छन् । वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशको आयोजनामा शुक्रबार जनकपुरधामस्थित होटल वेलकममा आयोजित ‘राष्ट्रिय जलवायु परिवर्तन नीति, २०८३ तर्जुमा सम्बन्धी प्रदेशस्तरीय छलफल तथा सुझाव संकलन कार्यशाला गोष्ठी’ लाई सम्बोधन गर्दै मन्त्री चौधरीले सो कुरा बताएका हुन् […]
वन सेवामा दुर्लभ संयोग २०७४ व्याचका १३ अधिकृत एकैसाथ संघ र सातै प्रदेशमा उपसचिव
काठमाडौं । नेपाल वन सेवामा एकै वर्ष अधिकृतका रूपमा प्रवेश गरेका १३ जना वन कर्मचारीहरू संघ तथा सातौं वटै प्रदेशका लोक सेवा आयोगमार्फत उपसचिव पदमा पदोन्नति हुन सफल भएका छन्। समान व्याचका साथीहरू एकैसाथ संघ र देशका सातै प्रदेशका लोक सेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षा तथा मूल्याङ्कन प्रक्रिया पार गर्दै नवौं तह (उपसचिव) मा सिफारिस हुनुलाई […]
काठ तस्करीको नयाँ चाल, जंगलमै चिरान गरेर कडी बनाइँदै
रौतहट । रौतहटमा काठ तस्करी गर्ने समूहले प्रहरी र वन कर्मचारीलाई झुक्याउन तस्करीको शैली परिवर्तन गर्न थालेका छन्। पछिल्लो समय जंगलमै सालको काठ चिरान गरी सानो आकारको ‘कडी’ बनाएर बाहिर निकाल्ने गरेको पाइएको छ। यसै क्रममा धनसार–गौँडाटार सीमा क्षेत्रको घना जंगलबाट डिभिजन वन कार्यालय रौतहटको रात्रि गस्ती टोलीले मंगलबार राति करिब साढे ९ बजे […]
बारामा वन अतिक्रमण हटाउन सुरु
बारा । बाराको निजगढ नगरपालिका–२ सिङ्गालस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा अतिक्रमण गरी बसेका ११ वटा घरटहरा र केराखेती सोमबारबाट हटाउन सुरू गरिएको छ।डिभिजन वन कार्यालय बाराले अतिक्रमित वन क्षेत्रमा वर्षौंदेखि लगाउँदै आएको केराखेतीसमेत एक्साभेटरले नष्ट गर्दै अतिक्रमित वन क्षेत्र वन कार्यालयले पुन : फिर्ता लिएको हो। वन कार्यालय, बाराले अतिक्रमित वन क्षेत्रमा […]
हरियाली प्रवर्द्धनका लागि धनुषामा व्यापक वृक्षरोपण
जनकपुर । डिभिजन वन कार्यालय धनुषाले आर्थिक वर्ष २०८२-०८३ मा हरियाली प्रवर्द्धनअन्तर्गत ६६ दशमलव पाँच हेक्टर क्षेत्रमा वृक्षरोपण गरेको छ । कार्यालय प्रमुख विनोद सिंहका अनुसार गत आर्थिक वर्षमा बिरुवा उत्पादन तथा वृक्षरोपण कार्यक्रममार्फत हरियाली विस्तार, वातावरण संरक्षण र जैविक विविधता संरक्षणमा उल्लेखनीय योगदान पुगेको छ । त्यस क्रममा स्थानीय कालिखोला, दूधपानी र सुनबेरी सामुदायिक […]
मधेशको जलसंकट समाधानका लागि एकीकृत योजना आवश्यक, प्रतिवेदनमाथि डा. नागेन्द्र प्रसाद यादवकाे चिरफार
काठमाडौं। सङ्घीय संसद् सचिवालयअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको सचिवालयले हालै प्रकाशित गरेको ‘मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ ले मधेश प्रदेशमा गहिरिँदै गएको जलसंकटलाई उजागर गरेको छ। तर प्रतिवेदनमा केही महत्त्वपूर्ण पक्ष छुटेको भन्दै जलस्रोत तथा वातावरण विज्ञ डा. नागेन्द्र प्रसाद यादव ले थप गहिरो अध्ययन र दीर्घकालीन […]

