तनहुँ ।मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले तनहुँका विभिन्न सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ। वन क्षेत्रमा पानीको स्रोतको अभावका कारण वन्यजन्तु पानी खोज्दै बस्ती पस्ने र त्यस क्रममा मानिस तथा पशुधनमाथि आक्रमणका घटना बढ्न थालेपछि डिभिजन वन कार्यालय तनहुँले पोखरी निर्माण अभियानलाई निरन्तरता दिएको हो। डिभिजन वन कार्यालय तनहुँका डिभिजनल मनोज रानाभाटका अनुसार आर्थिक वर्ष […]
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन
दमौली (तनहुँ) । तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित भएका छन् । जिल्लाका १० पालिकाका ६४ हजार आठ सय ४२ दशमलव ४८ हेक्टर वन क्षेत्रबाट उनीहरू लाभान्वित भएके डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका डिभिजनल मनोज रानाभाटका अनुसार वन क्षेत्रबाट तीन लाख ७९ हजार सात सय १७ जना लाभान्वित भएका […]
आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार,८७ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी
दमौली (तनहुँ) । तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको छ । वन पैदावारको उपयोग तथा सामुदायिक वनमार्फत आर्थिक उन्नयनको काम अगाडि बढेको छ । डिभिजन वन कार्यालय तनहुँका अनुसार आर्थिक वर्ष २०८२-०८३ मा जिल्लाको वन क्षेत्रबाट रु १७ करोड २३ लाख ४५ हजार १२२ बराबरको कारोबार भएको छ । डिभिजन वन कार्यालय […]
सामुदायिक वनको तथ्याङ्क व्यवस्थापन गर्न स्थानीय तहलाई डिजिटल प्रणालीसम्बन्धी प्रशिक्षण
काठमाडौं । सामुदायिक वनसम्बन्धी तथ्याङ्कलाई व्यवस्थित, डिजिटल र सहज रूपमा व्यवस्थापन तथा उपयोग गर्ने उद्देश्यले गण्डकी प्रदेशका विभिन्न स्थानीय तहमा कम्युनिटी फरेस्ट डाटा पोर्टल सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ। जेठ २० गतेदेखि २७ गतेसम्म सञ्चालन गरिएको प्रशिक्षण तनहुँ, पर्वत, म्याग्दी, कास्की र बागलुङ जिल्लाका ६ स्थानीय तहमा सम्पन्न भएको हो। प्रशिक्षण देवघाट गाउँपालिका, तनहुँ, महाशिला […]
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
मुस्ताङ । ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ आजदेखि यहाँ सुरु भएको छ । मुस्ताङको घरपझोङ गाउँपालिकाद्वारा आयोजित सम्मेलनको सङ्घीय कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उदघाटन गरेकी छन् । यसअघि प्रमुख अतिथिसहित सातै प्रदेश र स्थानीय तहका जनप्रतिनिधि गाउँपालिका कार्यालय जोमसोममा भेला भइ झाँकीसहित सम्मेलनस्थल कभर्डहल पुगेका थिए । सम्मेलनको उद्घाटन सत्र बिहान करिब तीन […]
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
लमजुङ । लमजुङको बेंसीसहरस्थित डिभिजन वन कार्यालय परिसरबाटै एउटा चितुवा फुत्किएपछि बजार क्षेत्रमा डर र त्रास फैलिएको छ। चितुवालाई पुनः नियन्त्रणमा लिन खोज्दा वन कार्यालयका एक जना वनरक्षक घाइते भएका छन्। वन कार्यालयका अनुसार स्थानीय क्षेत्रबाट उद्धार गरी दिउँसो साढे ३ बजेतिर बिरामी अवस्थामा रहेको उक्त चितुवा ल्याइएको थियो। साँझ करिब ५ बजेतिर चितुवालाई थप […]
तनहुँका सामुदायिक वनको १७ करोडको कारोबार
तनहुँ । तनहुँका सामुदायिक वनले आर्थिक वर्ष २०८२र८३ मा वनपैदावार बिक्रीबाट १७ करोड २३ लाख ४५ हजार १२२ रुपियाँको कारोबार गरेका छन्। डिभिजन वन कार्यालयका अनुसार यस अवधिमा एक लाख २२ हजार ३९।९९ क्युफिट काठ र १६३।७६ चट्टा दाउरा उत्पादन तथा बिक्री गरिएको छ। वनपैदावारबाट एक करोड ६० लाख १६ हजार ७५१ रुपियाँ मूल्य अभिवृद्धि […]
गोरखामा यस वर्ष सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन सुरु हुँदै, ३० हजार घन फिट काठ उत्पादन हुने
गाेरखा । गोरखा जिल्लामा यस वर्षदेखि गण्डकी प्रदेशको वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन निर्देशिका, २०८२ बमोजिम वन व्यवस्थापन कार्यको औपचारिक थालनी हुने भएको छ। डिभिजन वन कार्यालय गोरखाका डिभिजनल वन अधिकृत मदन मोहन शाण्डिल्यका अनुसार सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापनमार्फत जिल्लाको वन क्षेत्रलाई थप व्यवस्थित बनाउन लागिएको हो। गत आर्थिक वर्षमा जिल्लाका […]
वन विज्ञान संस्थान पोखरा क्याम्पसको पाँचवर्षीय रणनीतिक कार्ययोजना निर्माण अन्तिम चरणमा
पोखरा । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसमा पञ्चवर्षीय रणनीतिक कार्ययोजना निर्माण समितिद्वारा आयोजित दुईदिने परामर्श तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको दोस्रो तथा अन्तिम दिन बुधबार २०८३ क्याम्पससँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न सरकारी कार्यालय, संघ–संस्था तथा सरोकारवालाहरूको सहभागितामा समितिले तयार पारेको रणनीतिक कार्ययोजनाको मस्यौदा प्रस्तुत गरिएको थियो। कार्यक्रममा कार्ययोजनाका विभिन्न पक्षमाथि व्यापक छलफल […]
गण्डकीमा डिभिजनल वन अधिकृतहरूको सरुवा, चुनौतिपूर्ण कास्कीमा महिला डिएफओ कार्कीलाई जिम्मेवारी
पोखरा । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयले केही डिभिजनल वन अधिकृत (डीएफओ) तथा वन अधिकृतहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयको बिहीवार भएको प्रमुख सचिव स्तरीय निर्णय अनुसार विभिन्न वन कार्यालय तथा निकायमा नयाँ जिम्मेवारी तोकिएको हो। निर्णय अनुसार कोमलराज काफ्लेलाई वन निर्देशनालय, करुणा कार्कीलाई डिभिजनल वन अधिकृतका रूपमा कास्की, दीपक पण्डितलाई डिभिजनल वन […]

