लमजुङ । लमजुङको बेंसीसहरस्थित डिभिजन वन कार्यालय परिसरबाटै एउटा चितुवा फुत्किएपछि बजार क्षेत्रमा डर र त्रास फैलिएको छ। चितुवालाई पुनः नियन्त्रणमा लिन खोज्दा वन कार्यालयका एक जना वनरक्षक घाइते भएका छन्। वन कार्यालयका अनुसार स्थानीय क्षेत्रबाट उद्धार गरी दिउँसो साढे ३ बजेतिर बिरामी अवस्थामा रहेको उक्त चितुवा ल्याइएको थियो। साँझ करिब ५ बजेतिर चितुवालाई थप […]
तनहुँका सामुदायिक वनको १७ करोडको कारोबार
तनहुँ । तनहुँका सामुदायिक वनले आर्थिक वर्ष २०८२र८३ मा वनपैदावार बिक्रीबाट १७ करोड २३ लाख ४५ हजार १२२ रुपियाँको कारोबार गरेका छन्। डिभिजन वन कार्यालयका अनुसार यस अवधिमा एक लाख २२ हजार ३९।९९ क्युफिट काठ र १६३।७६ चट्टा दाउरा उत्पादन तथा बिक्री गरिएको छ। वनपैदावारबाट एक करोड ६० लाख १६ हजार ७५१ रुपियाँ मूल्य अभिवृद्धि […]
गोरखामा यस वर्ष सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन सुरु हुँदै, ३० हजार घन फिट काठ उत्पादन हुने
गाेरखा । गोरखा जिल्लामा यस वर्षदेखि गण्डकी प्रदेशको वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन निर्देशिका, २०८२ बमोजिम वन व्यवस्थापन कार्यको औपचारिक थालनी हुने भएको छ। डिभिजन वन कार्यालय गोरखाका डिभिजनल वन अधिकृत मदन मोहन शाण्डिल्यका अनुसार सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापनमार्फत जिल्लाको वन क्षेत्रलाई थप व्यवस्थित बनाउन लागिएको हो। गत आर्थिक वर्षमा जिल्लाका […]
वन विज्ञान संस्थान पोखरा क्याम्पसको पाँचवर्षीय रणनीतिक कार्ययोजना निर्माण अन्तिम चरणमा
पोखरा । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसमा पञ्चवर्षीय रणनीतिक कार्ययोजना निर्माण समितिद्वारा आयोजित दुईदिने परामर्श तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको दोस्रो तथा अन्तिम दिन बुधबार २०८३ क्याम्पससँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न सरकारी कार्यालय, संघ–संस्था तथा सरोकारवालाहरूको सहभागितामा समितिले तयार पारेको रणनीतिक कार्ययोजनाको मस्यौदा प्रस्तुत गरिएको थियो। कार्यक्रममा कार्ययोजनाका विभिन्न पक्षमाथि व्यापक छलफल […]
गण्डकीमा डिभिजनल वन अधिकृतहरूको सरुवा, चुनौतिपूर्ण कास्कीमा महिला डिएफओ कार्कीलाई जिम्मेवारी
पोखरा । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयले केही डिभिजनल वन अधिकृत (डीएफओ) तथा वन अधिकृतहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयको बिहीवार भएको प्रमुख सचिव स्तरीय निर्णय अनुसार विभिन्न वन कार्यालय तथा निकायमा नयाँ जिम्मेवारी तोकिएको हो। निर्णय अनुसार कोमलराज काफ्लेलाई वन निर्देशनालय, करुणा कार्कीलाई डिभिजनल वन अधिकृतका रूपमा कास्की, दीपक पण्डितलाई डिभिजनल वन […]

