ताजा खबर
शंखरापुर बहुप्राविधिक शिक्षालय परिसरमा पसेको चितुवाको सकुशल उद्धार
चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित
कोपमा २७ करोड डलरको जलवायु वित्त प्रतिबद्धता, थप दाताकोे प्रतीक्षा
नेपालको रैथाने ‘काँडे भ्याकुर’ अर्घाखाँचीको ठाडादहमा पहिलोपटक फेला, जैविक विविधतामा नयाँ इँटा
कोप–३१ मा अनुकूलन वित्त बढाउने प्रस्तावमाथि सहमति जुट्न चुनौती,अनुकूलनका लागि वार्षिक ३६५ अर्ब डलर आवश्यक
तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो
पासो थापेर वन्यजन्तुको चोरीसिकार
नेपालका २५ लाख हेक्टर वनमा कार्बन कार्यक्रम विकास गरिने सहमति
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित तालडाँडा दादरको पाखा तथा कसेरी सामुदायिक वनको एक दशमलव ७५ हेक्टर अतिक्रमित क्षेत्र खाली गराई ४०० टिमुरका बिरुवा रोपिएको छ ।

डिभिजन वन कार्यालय तनहुँले अतिक्रमित क्षेत्र पहिचान गरी रेखाङ्कन तथा पोल गाडेर छुट्याएपछि उक्त क्षेत्रमा टिमुरको बिरुवा रोपेको हो । कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार अतिक्रमण हटाएर खाली गराइएको जमिनलाई उत्पादनशील बनाउने उद्देश्यले टिमुर रोपिएको हो ।

वन क्षेत्रको अतिक्रमण नियन्त्रण र संरक्षणसँगै टिमुरखेतीबाट भविष्यमा स्थानीयस्तरमा आम्दानीको सम्भावना सिर्जना हुने अपेक्षा गरिएको उनले बताए ।

डिभिजन वन कार्यालयको तथ्याङ्कसार तनहुँमा ६२४ सामुदायिक वनको क्षेत्रफल ६४ हजार ८४२ दशमलव ४८ हेक्टर रहेको छ । जिल्लामा दुई हजार ५६ दशमलव ५६ हेक्टर क्षेत्रफलमा ४८५ कबुलियती वन रहेका छन् ।

त्यस्तै, ३० दशमलव ६२ हेक्टर क्षेत्रफलमा ११ धार्मिक वन र ४२ दशमलव ३२ हेक्टरमा ८४ निजी वन रहेका छन् । जिल्लामा राष्ट्रिय वनको क्षेत्रफल १८ हजार १४० दशमलव ३४ हेक्टर रहेको कार्यालयले जनाएको छ ।

वन क्षेत्रको संरक्षणमा सामुदायिक वन उपभोक्ता समूह, स्थानीय तह र सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने प्रमुख रानाभाटले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top