ताजा खबर
शंखरापुर बहुप्राविधिक शिक्षालय परिसरमा पसेको चितुवाको सकुशल उद्धार
चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित
कोपमा २७ करोड डलरको जलवायु वित्त प्रतिबद्धता, थप दाताकोे प्रतीक्षा
नेपालको रैथाने ‘काँडे भ्याकुर’ अर्घाखाँचीको ठाडादहमा पहिलोपटक फेला, जैविक विविधतामा नयाँ इँटा
कोप–३१ मा अनुकूलन वित्त बढाउने प्रस्तावमाथि सहमति जुट्न चुनौती,अनुकूलनका लागि वार्षिक ३६५ अर्ब डलर आवश्यक
तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो
पासो थापेर वन्यजन्तुको चोरीसिकार
नेपालका २५ लाख हेक्टर वनमा कार्बन कार्यक्रम विकास गरिने सहमति
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित

बागलुङ । पछिल्लो नौ महिनामा बागलुङको जैमिनी नगरपालिका–२ दमेकका किसान गङ्गाधर सापकोटासहित पाँच किसानको १२ बोका बाख्रा चितुवाले खायो । दमेकको गौडा, भैँसेखर्क र टापुका २५ घर पशुपालन र खेती पातीमा निर्भर छन् । चितुवा र दुम्सीको आतङ्कले हैरान बनाएको छ ।

चितुवाले सापकोटाको दुई बोका र एक पाठी, स्थानीय रत्न परियारको तीन बोका÷बाख्रा, नारायण सापकोटाको दुई, मेहन्द्र हमालको दुई र गङ्गाबहादुर ठकुरीको दुई बाख्रा-पाठामा क्षति पु¥याएको छ ।

जैमिनीको ग्रामीण क्षेत्रमा चितुवा र दुम्सीको बढ्दो आतङ्कका कारण पशुपालन र अन्न बाली सङ्कटमा पर्न थालेको छ । चितुवाले पशुचौपायामाथि आक्रमण गर्न थालेपछि किसानले खर्कमा पशु चराउन छाड्नुपर्ने बाध्यता रहेको सापकोटा बताउँछन् ।

‘अहिले गौडा, भैँसेखर्क र टापु क्षेत्रमा स्थानीयवासी भए पनि धोद्रे, चिरपानी, खाल्टा, बात्थला र चौडिलालगायत गाउँ रित्तिएपछि चितुवा र दुम्सीको आतङ्क बढ्न थालेको हो,’ सापकोटाले भने , ‘हाम्रो गाउँमा बसाइँसराइ छैन छिमेकी गाउँ रित्तिँदा खेतबारी झाँडी बनेपछि चितुवा र दुम्सी गाउँ पस्न थाल्यो ।’ किसानले बारीमा पुगेर बाँदरलाई धपाउन सक्ने भए पनि चितुवा र दुम्सीसँग केही नलागेको उहाँको भनाइ छ ।

चितुवाले खर्कमै पुगेर चर्दै गरेका बाख्रा आक्रमण गर्ने र दुम्सीले खेतीबाली नष्ट गर्ने गरेपछि किसान थप समस्यामा परेको अर्का बाख्रापालक किसान रत्न परियारले गुनासो गरे । उनले चितुवा लखेट्ने कुकुर जैमिनी नगरपालिकासँग माग गरेको बताए ।

आठ वर्षदेखि पशुपालन व्यवसायमा संलग्न गङ्गाधर सापकोटाले सुरुमा २० वटा गाई र २७ वटा बाख्रा पाल्दै आए पनि अहिले बाख्राको सङ्ख्या घटाउँदै आएको बताए । जैमिनी नगरपालिकामा बसाइँसराइ उच्च रहेपछि बाँझो जग्गा बढ्दा बाँदर, चितुवा र दुम्सीले बाँकी रहेका स्थानीयलाई समस्यामा पारेको छ ।

जैमिनी नगरपालिकामा बसाइँसराइ बढेपछि झाडी विस्तार भएको छ । त्यसले किसानलाई समस्या पारेको छ । जैमिनी नगरपालिकाबाट बसाइँसराइ गरेर जानेको सङ्ख्या बढी रहेको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पाण्डेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top