ताजा खबर
चम्पादेवीमा अतिक्रमण नियन्त्रण, करिब ०.५ हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त
५० हेक्टर वन क्षेत्रमा २० वटा बाघ राख्न सक्ने टाइगर सेन्चुरी बनाइदै
डिभिजन वन कार्यालयद्वारा घरभित्र अड्किएको चितुवाको सफल उद्धार
बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार
फेवा ताल जोगाउन १५ वर्षे एकीकृत योजना स्वीकृत, कार्यान्वयन सुरु
वन्यजन्तु अपराध नियन्त्रणमा बलियो क्षेत्रीय सहकार्य आवश्यक: मन्त्री चौधरी
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन

चम्पादेवीमा अतिक्रमण नियन्त्रण, करिब ०.५ हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त

काठमाडाैं । डिभिजन वन कार्यालय, ओखलढुंगाले वन क्षेत्र भित्रका अनाधिकृत संरचनाहरु हटाएको छ।

डिभिजन वन कार्यालय ओखलढुंगाका डिभिजनल वन अधिकृत मनाराज राईका अनुसार अतिक्रमण नियन्त्रण गर्ने राष्ट्रिय नीति तथा प्रदेशको कार्यसम्पादन करार सम्झौतामा समेत उल्लेख गरिएको लक्ष्य अनुरुप अतिक्रमण नियन्त्रण कार्य तिव्र रुपमा गरिएको राईले बताए ।

ओखलढुंगाको चम्पादेवी गाँउपालिका वडा न. ७ स्थित श्री सल्लेरी रानी वन सामुदायिक वनमा वन क्षेत्र भित्र रहेको ३ वटा टहरा र २ वटा ट्वाईलेटको संरचना आज हटाईएको छ ।

वनको करिब ०.५ हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त भएको छ ।अब उक्त स्थानमा वृक्षारोपण गरिने समेत राईले ले बताए । उक्त संरचना सोही निवासी लाल बहादुर विश्वकर्माले निर्माण गरेका थिए । निज व्यक्तिसँग आवश्यक समन्वय गरि डिभिजन वन कार्यालय , जिल्ला प्रहरी कार्यालय र स्थानीय तह समेतको संयुक्त टोलीले उक्त संरचना हटाएका हुन ।

उक्त अतिक्रमण उठाईएको वन क्षेत्रमा श्री सल्लेरी रानीवन सामुदायिक वन उपभोक्ता समूहले आवश्यक संरक्षण र वृक्षारोपण गरिने समूहका अध्यक्ष खड्क बहादुर बोगटीले  बताए । नेपालको पहाडी क्षेत्रमा राष्ट्रिय वन र निजी वनको डिजिटल नक्साङ्कन तथा डाटाबेस नभएकाले वन अतिक्रमणको यकिन र वास्तविक तथ्याङ्क प्राय वन कार्यालयहरुमा भेटिदैन । अतिक्रमण नियन्त्रण गरि हरियालि प्रवर्द्धनमा हातेमालो गर्न कार्यालयले सबे सरोकारवाला निकायसँग अपिल समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top