ताजा खबर
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला
अवैध काठसहित पक्राउ परेका व्यक्तिविरुद्ध डिभिजन वन कार्यालयमा मुद्दा दायर
पहिलाखोला सामुदायिक वनले २ हजार ३८० क्यु.फिट काठ लिलाम गर्दै
काठमाडौँ फरेस्ट्री कलेजमा जनशक्ति आवश्यकता
लुम्बिनीमा स्थायी O&M हुँदै, वन संगठन संरचनामा वन प्राविधिकको चासो
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै,एक वर्षमा ९० लाख भन्दा आम्दानी
खर्क नीति २०६८ समसामयिक सुधारका लागि बहुसरोकारवाला छलफल
वन तथा वातावरण क्षेत्रका कर्मचारीको सरुवा र काज व्यवस्थित गर्न नयाँ मापदण्ड लागू

सामुदायिक वनको तथ्याङ्क व्यवस्थापन गर्न स्थानीय तहलाई डिजिटल प्रणालीसम्बन्धी प्रशिक्षण

काठमाडौं । सामुदायिक वनसम्बन्धी तथ्याङ्कलाई व्यवस्थित, डिजिटल र सहज रूपमा व्यवस्थापन तथा उपयोग गर्ने उद्देश्यले गण्डकी प्रदेशका विभिन्न स्थानीय तहमा कम्युनिटी फरेस्ट डाटा पोर्टल सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ।

जेठ २० गतेदेखि २७ गतेसम्म सञ्चालन गरिएको प्रशिक्षण तनहुँ, पर्वत, म्याग्दी, कास्की र बागलुङ जिल्लाका ६ स्थानीय तहमा सम्पन्न भएको हो। प्रशिक्षण देवघाट गाउँपालिका, तनहुँ, महाशिला गाउँपालिका र फलेवास नगरपालिका, पर्वत, मंगला गाउँपालिका, म्याग्दी, मादी गाउँपालिका, कास्की तथा ताराखोला गाउँपालिका, बागलुङमा सञ्चालन गरिएको थियो।

प्रशिक्षणमा सम्बन्धित स्थानीय तहका प्रमुख तथा अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित शाखाका कर्मचारी, सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) का प्रतिनिधि तथा फोकल पर्सनहरूको सहभागिता रहेको थियो।

सामुदायिक वनको तथ्याङ्कलाई कागजी अभिलेखमा सीमित नराखी डिजिटल प्रणालीमार्फत व्यवस्थित गर्ने विषयमा केन्द्रित प्रशिक्षणमा सहभागीहरूले पोर्टल सञ्चालन, तथ्याङ्क प्रविष्टि तथा वनसम्बन्धी विवरणको डिजिटल व्यवस्थापनबारे आवश्यक सीप र व्यावहारिक ज्ञान हासिल गरेका थिए। प्रशिक्षणका क्रममा पोर्टलको प्रयोग, वन डाटा व्यवस्थापन तथा प्रत्यक्ष तथ्याङ्क प्रविष्टि (लाइभ डाटा इन्ट्री) सम्बन्धी अभ्याससमेत गराइएको थियो।

प्रशिक्षणपछि प्रत्येक स्थानीय तहलाई पोर्टलमा पहुँचका लागि लगइन विवरण, प्रयोगकर्ता पुस्तिका (युजर म्यानुअल), डाटा सेयरिङ पोलिसीको मस्यौदा, सूचना प्रविधि सहयोगका लागि टिकट फाराम तथा सहयोगसम्बन्धी मार्गदर्शिका उपलब्ध गराइएको थियो।

सामुदायिक वनको दिगो व्यवस्थापन, संरक्षण तथा स्थानीय तहको योजना निर्माणमा तथ्याङ्कको महत्वपूर्ण भूमिका रहने भएकाले डिजिटल अभिलेख प्रणालीको विकासलाई उपयोगी पहलका रूपमा हेरिएको छ। स्थानीय तहमा उपलब्ध सामुदायिक वनसम्बन्धी तथ्याङ्कलाई एकीकृत र व्यवस्थित बनाउन सकिएमा वन क्षेत्रको योजना, अनुगमन तथा निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस प्रशिक्षणले सामुदायिक वनसम्बन्धी तथ्याङ्कको डिजिटल व्यवस्थापन तथा उपयोगमा स्थानीय तहको क्षमता अभिवृद्धि गर्नुका साथै आगामी दिनमा तथ्यमा आधारित वन व्यवस्थापन र नीतिगत निर्णयका लागि आधार तयार गर्ने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top