काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले भदौ १० गतेको विनाशकारी बाढीबाट क्षतिग्रस्त भोटेकोशी करिडोरका प्रभावित परिवारलाई आवश्यक पर्ने काठ सहज रूपमा उपलब्ध गराउन निर्देशन दिएकी छन् ।
मन्त्री चौधरीले वन विभागसँगको समन्वयमा नेपाल वन निगममार्फत काठ डिपो सञ्चालनको कार्य अगाडि बढाउन निर्देशन दिइन् ।
बाढीबाट प्रभावित परिवारको पुनस्र्थापना तथा क्षतिग्रस्त घर, संरचना र अन्य आवश्यक पूर्वाधारको पुनर्निर्माणमा काठको आवश्यकता पर्न सक्ने भएकाले त्यसको सहज आपूर्तिका लागि डिपो सञ्चालन गर्न लागिएको हो।

