ताजा खबर
शंखरापुर बहुप्राविधिक शिक्षालय परिसरमा पसेको चितुवाको सकुशल उद्धार
चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित
कोपमा २७ करोड डलरको जलवायु वित्त प्रतिबद्धता, थप दाताकोे प्रतीक्षा
नेपालको रैथाने ‘काँडे भ्याकुर’ अर्घाखाँचीको ठाडादहमा पहिलोपटक फेला, जैविक विविधतामा नयाँ इँटा
कोप–३१ मा अनुकूलन वित्त बढाउने प्रस्तावमाथि सहमति जुट्न चुनौती,अनुकूलनका लागि वार्षिक ३६५ अर्ब डलर आवश्यक
तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो
पासो थापेर वन्यजन्तुको चोरीसिकार
नेपालका २५ लाख हेक्टर वनमा कार्बन कार्यक्रम विकास गरिने सहमति
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

ढोरपाटन शिकार आरक्षमा पहिलो सिजनको शिकार सिलबन्दी दरभाउपत्र आह्वान,यी तीन जनावरको शिकार गर्न पाइने

काठमाडाैं। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ढोरपाटन शिकार आरक्षमा आर्थिक वर्ष २०८३र८४ को पहिलो सिजनका लागि शिकार गराउन सिलबन्दी दरभाउपत्र आह्वान गरेको छ। नियमानुसार तोकिएको ब्लकमा नाउर, झारल र बँदेलको शिकार गर्नका लागि इच्छुक इजाजतपत्र प्राप्त फर्म तथा कम्पनीहरूबाट आवेदन माग गरिएको हो।

​शिकारमा भाग लिन चाहनेहरूले आगामी कात्तिक १९ गतेभित्र दरभाउपत्र खरिद गरी कात्तिक २० गते दिउँसो १२स्०० बजेसम्म विभागमा बुझाउनुपर्नेछ। त्यसरी दर्ता भएका प्रस्तावहरू सोही दिन दिउँसो २स्०० बजे खोलिनेछन्।

दरभाउपत्र साथ कम्पनी दर्ता, कर चुक्ता, स्थायी लेखा नम्बर, ६५ हजार रुपैयाँ धरौटी भौचर र तोकिएका शिकारीहरूको हकमा पेशेवर शिकारी अनुज्ञापत्र पेस गर्नुपर्नेछ।

​सबैभन्दा बढी कबोल गर्ने फर्म वा कम्पनीलाई सम्बन्धित ब्लक र प्रजातिको शिकार गराउन छनोट गरिनेछ। छनोट भएका पक्षले नियमअनुसारको अन्य दस्तुर बुझाउनुपर्नेछ भने राजस्व बुझाइसकेपछि शिकार नभएमा सो रकम फिर्ता हुने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top