शिव परियार । हालै डिभिजन वन कार्यालय लमजुङका वन कर्मचारीलाई कार्यालय परिसरमा उद्दार गरी ल्याइएको चितुवालाई ठूलो खोरमा स्थानान्तरण गर्ने क्रममा आक्रमण गरेको भिडियो र समाचार सार्वजनिक भयो। त्यो दृश्यले मलाई झण्डै नौ वर्षअघिको एउटा घटना सम्झाइदियो, जतिबेला म पहिलोपटक समस्याग्रस्त वन्यजन्तुको उद्दार तथा व्यवस्थापनका लागि फिल्डमा खटिएको थिएँ। त्यतिबेला म तत्कालीन जिल्ला वन कार्यालय […]
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
काठमाडाैं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि देशभर मानवीय क्षति, भत्किएका घर, बगेका पुल, सडक र क्षतिग्रस्त जलविद्युत् आयोजनाको चर्चा भइरहेका बेला एउटा महत्वपूर्ण प्रश्न भने अझै ओझेलमा परेको छ—यो विपत्तिसँगै कति वन, माटो, वनस्पति र प्राकृतिक वासस्थान बगे? किनकि यो क्षेत्रमा विश्वप्रसिद्ध लाङटाङ राष्ट्रिय निकुञ्ज पनि पर्दछ। नेपालमा क्षति मूल्याङ्कन प्रायः घर, सडक, पुल र […]
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
ललितपुर । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालहरूलेसीमापार गर्ने आपराधिक कार्यविरुद्ध क्षेत्रीय सहयोग आवश्यक पर्ने बताएकी छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित दक्षिण एसियाली वन्यजन्तु कानुन कार्यान्वयन सञ्जाल (सावेन) पहिलो महासभामा मन्त्री चौधरीले सावेनले यसमा आबद्ध देशहरूलाई विश्वास अभिवृद्धि गर्ने, सूचना र अनुभव आदानप्रदान गर्ने, क्षमता […]
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
काठमाडौं । सरकारले वन ऐन, २०७६ मा विभिन्न संशोधन गर्दै राष्ट्रिय वनको भू–उपयोग, दिगो वन व्यवस्थापन, पर्यापर्यटन पूर्वाधार, विकास आयोजना, वन्यजन्तु व्यवस्थापन, कार्बन व्यापार तथा वन अपराध अनुसन्धानसम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरेको छ। सरकारले संसद्मा पेस गरेको ‘वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८३’ मार्फत वन क्षेत्रको व्यवस्थापन र उपयोगसम्बन्धी विद्यमान कानुनी […]
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
न्युयोर्क (अमेरिका । संयुक्त राष्ट्रसङ्घको ८१औं महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा सुुरु भएको महासभा आगामी २९ ‘सेप्टेम्बर’सम्म जारी रहनेछ । ‘विश्वासको पुनस्र्थापना, रुपान्तरणको व्यवस्थापनः सबैका लागि काम गर्ने संयुक्त राष्टसङ्घ’ भन्ने नारासहित करिब २० दिन चल्ने महासभाको बैठकलाई अध्यक्ष खालिलुर रहमान र महासचिव एन्टोनिया गुटेरेसले सम्बोधन गरेका छन् । […]
मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त
जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति दिएको छ । गत आर्थिक वर्ष २०८२-०८३ मा मधेस प्रदेशका जिल्लामा १५४ दशमलव ५५ हेक्टर क्षेत्रफल वनक्षेत्र अतिक्रमण मुक्त गरिएको मधेस प्रदेश वन निर्देशनालय जनकपुरधामले जनाएको छ । वन निर्देशनालयका सूचना अधिकारी सजन चौधरीका सो अवधिमा सबैभन्दा बढी पर्सामा १२० हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त […]
अर्नाको राजधानीमा विदेशी पर्यटक किन आउँदैनन्?
सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी र विशाल घाँसे मैदानले भरिपूर्ण कोशी टप्पु वन्यजन्तु आरक्ष जैविक विविधताका दृष्टिले नेपालकै महत्वपूर्ण गन्तव्य हो। तर यही प्राकृतिक सम्पदाले भरिएको आरक्षमा विदेशी पर्यटकको आगमन भने निराशाजनक रूपमा न्यून छ। आर्थिक वर्ष २०७५-०७६ देखि २०८२-०८३ सम्म आठ वर्षमा कोशी टप्पु वन्यजन्तु आरक्षमा ९० हजार २८३ पर्यटक पुगेका छन्। […]
हरित भक्तपुरको सपना : अवसर, चुनौती र आगामी बाटो : श्रद्धा सिग्देल (अन्तर्वार्ता)
भक्तपुर । भक्तपुर—क्षेत्रफलका हिसाबले सानो भए पनि भक्तपुर उपत्यकाको वातावरणीय दृष्टिले अत्यन्त संवेदनशील जिल्ला हो। तीव्र सहरीकरण, बढ्दो जनघनत्व, अव्यवस्थित प्लटिङ, सडक तथा भौतिक पूर्वाधार विस्तारसँगै जिल्लाका खुला तथा हरित क्षेत्र निरन्तर दबाबमा छन्। वन क्षेत्रसँग जोडिएका सीमान्त जमिन, खोल्सा, प्राकृतिक जलनिकास क्षेत्र र जैविक मार्गमा परेको दबाबले वन तथा वातावरण संरक्षणलाई थप चुनौतीपूर्ण बनाउँदै […]
वन विज्ञानको पाठ्यक्रममा दर्शनशास्त्र : एक परिचर्चा
केशव पराजुली । नेपालमा मात्र नभएर विश्वभरका विश्वविद्यालयहरूमा वन विज्ञान विषयको पाठ्यक्रम निर्माण गर्दा प्रायस् प्राविधिक विषयहरूलाई नै केन्द्रविन्दुमा राखेको देखिन्छ। सिल्भिकल्चर, वन पारिस्थितिकी, वन्यजन्तु व्यवस्थापन, वन स्रोत सर्वेक्षण, जिआईएस र रिमोट सेन्सिङ जस्ता विषयहरूले पाठ्यक्रमको ठूलो हिस्सा ओगट्छन् जुन स्वाभाविक पनि हो, किनकी वन विज्ञान अन्तत : एक प्राविधिक तथा प्रयोगात्मक विषय नै हो। […]
जलवायु परिवर्तनकाे मुद्दा उठाउन प्रधानमन्त्री बोलन शाह ८१औं महासभामा सहभागी हुन अमेरिका जादैं
काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएका छन् । मन्त्रिपरिषद्ले प्रधानमन्त्रीकै नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल न्युयोर्क पठाउने निर्णय गरेको हो । यसअघि महासभामा परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरिएको थियो । तर, भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नेपालले भोगेको जनधनको क्षति र बढ्दो जलवायु जोखिमलाई विश्वमञ्चमा प्रधानमन्त्री […]

