ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

प्रधान रेड कार्यान्वयन केन्द्रमा

​काठमाडौँ  नेपाल सरकारको निर्णयअनुसार वन तथा भू-संरक्षण विभागका महानिर्देशक धिरेन्द्र प्रधानको सरुवा भएको छ। उहाँलाई वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड (REDD+) कार्यान्वयन केन्द्रको प्रमुखको जिम्मेवारी दिइएको छ। विभागको नेतृत्व सम्हालिसक्नुभएका प्रधानलाई सरकारले वन क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी महत्त्वपूर्ण निकाय मानिने रेड कार्यान्वयन केन्द्रमा प्रमुख (प्रमुख केन्द्र प्रमुख/महानिर्देशकस्तर) का रूपमा सरुवा गरेको हो।

​नेपालमा वन संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण तथा कार्बन व्यापार (Carbon Trading) सँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय आयोजना र कार्यक्रमहरू रेड कार्यान्वयन केन्द्रमार्फत सञ्चालन हुँदै आएका छन्।

​वन क्षेत्रको प्रशासनिक एवं प्राविधिक काममा लामो अनुभव सम्हालिसक्नुभएका प्रधानले नयाँ जिम्मेवारी पाएपछि रेड कार्यक्रमअन्तर्गतका कार्बन वित्त, लाभ वितरण योजना र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको उपस्थिति तथा प्रतिबद्धताहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top