ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

Category: Breaking News Flash

वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त

काठमाडौं । वन तथा भूसंरक्षण विभागका महानिर्देशकले विभागको नेतृत्व सफलतापूर्वक सम्हाल्दै आफ्नो कार्यकाल पूरा गरेर आज बिदा लिनुभएको छ। उहाँले आजैदेखि मन्त्रालय मातहतको ‘रेड (REDD) कार्यान्वयन इकाई’ को प्रमुखको नयाँ जिम्मेवारी सम्हाल्नुभएको छ। विभागमा कार्यरत रहँदा कुनै पनि विवादमा नमुछिई निष्कलङ्क र प्रभावकारी रूपमा काम गर्नुभएका उहाँले वैदेशिक शिक्षा र लामो प्रशासनिक अनुभवको सदुपयोग गर्दै […]

वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घ आवासीय संयोजक लिला पिटर्स यहियाले शिष्टचार भेट भएकाे छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपालको जलवायु कार्यसूची, जलवायुजन्य विपद्का विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउने तथा संयुक्त राष्ट्रसङ्घीय निकायहरूसँग सहकार्य र सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । बैठकमा मन्त्री चौधरीले […]

मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती

सुदूरपश्चिम। सुदूरपश्चिममा वन क्षेत्र विस्तार र वन्यजन्तु संरक्षणका प्रयास प्रभावकारी बन्दै गए पनि मानव–वन्यजन्तु द्वन्द्व भने चुनौतीका रूपमा देखिएको छ। बाघ, चितुवा र हात्तीजस्ता वन्यजन्तुको बासस्थानमा मानवीय हस्तक्षेप बढ्नु, परम्परागत आवागमन मार्ग खण्डित हुनु र बस्ती विस्तार हुनुले मानिस तथा वन्यजन्तुबीचको जम्काभेट बढाइरहेको छ। यसको परिणामस्वरूप मानवीय ज्यान जाने, पशुधनमा क्षति पुग्ने र वन्यजन्तुसमेत मारिने […]

जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?

लोकबन्धु घिमिरे । यतिबेला नेपालमा ‘जलवायु न्याय’ अर्थात् क्लाइमेट जस्टिस निकै चर्चामा छ। नेता, कर्मचारी, पत्रकार, शिक्षक, बुद्धिजीवीदेखि सर्वसाधारणसम्मले जलवायु परिवर्तनका कारण नेपालले अन्याय भोगिरहेको र त्यसको क्षतिपूर्ति विकसित देशहरूले दिनुपर्ने विषय उठाइरहेका छन्। हिमाल पग्लिरहेका छन्, जलवायु परिवर्तनका कारण प्राकृतिक विपद् बढिरहेका छन् र हालैको भोटेकोशी बाढीले ठूलो जनधनको क्षति गरेको छ भन्ने तर्कसहित […]

सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास

काठमाडौं । दुलर्भ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३ अक्टोबरमा अन्तरराष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ । ‘उच्च हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षक, हिमचितुवाको संरक्षण’ नाराका साथ यस वर्षको हिउँ चितुवा दिवस विश्वभर मनाइएको छ । नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँचितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । हिउँचितुवा नेपाल, अफगानिस्तान, भूटान, चीन, काजकिस्तान, […]

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज

तुलसीपुर(दाङ)। दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता मिलेको छ । विगतमा सुक्खा क्षेत्रका रूपमा चिनिने र आकाशे पानीको भर पर्नुपर्ने जमिनहरूमा अहिले सहजै सिंचाइ पुग्ने गरेको छ । बृहत्त दाङ उपत्यका सिंचाई आयोजनाद्वारा ड्याम निर्माणपछि अहिले हेमन्तपुर भेगमा सिंचाइ भइरहेको छ, भने धनखन्ने, […]

कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौं। नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा जलवायु न्याय, हिमाली क्षेत्रको संरक्षण, जलवायु अनुकूलन र जलवायुजन्य हानि–नोक्सानीका विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ । कोप–३१ यही कात्तिक २३ देखि आगामी मङ्सिर ४ गतेसम्म टर्किएको अन्ताल्यामा हुँदैछ । जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असरबाट मुलुकले भोग्नुपरेका जोखिम […]

​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

काठमाडौँ । ​नेपालको भौगोलिक भू-भागको ४५ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको वन क्षेत्रको समुचित व्यवस्थापन, संरक्षण र उपयोगको मुख्य जिम्मेवारी बोकेको वन तथा भू-संरक्षण विभागले नयाँ नेतृत्व पाएको छ। सरकारले वन, वातावरण र कार्बन वित्त क्षेत्रमा लामो प्रशासनिक अनुभव हासिल गरेका सहसचिव नवराज पुडासैनीलाई वन विभागको महानिर्देशकको जिम्मेवारी सुम्पेको छ। जलवायु परिवर्तनको तीव्र असर, मानव-वन्यजन्तु द्वन्द्वको […]

पर्यावरणीय लघुकथा: नदीको प्रतिविद्रोह

नदी ढुङ्गाहरूसँग खेल्दै बग्थी। साना ढुङ्गाका बीच पानी ठोक्किँदा मुल्का बन्थे—जहाँ नदी उफ्रिन्थी, छचल्किन्थी र घुम्दै अघि बढ्थी। ठूला ढुङ्गाले उसको वेग छेक्दै बहावलाई दिशा दिन्थे। तिनलाई पार गरेपछि नदी शान्त हुन्थी र गहिरो पानी जमेको दहमा केहीबेर सुस्ताउँथी। ठूला ढुङ्गाका ओट र चेपमा गुफाजस्ता कुर बन्थे। त्यहीँ माछाहरू लुक्थे, अण्डा पार्थे र आफ्ना बच्चा […]

प्रधान रेड कार्यान्वयन केन्द्रमा

​काठमाडौँ  नेपाल सरकारको निर्णयअनुसार वन तथा भू-संरक्षण विभागका महानिर्देशक धिरेन्द्र प्रधानको सरुवा भएको छ। उहाँलाई वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड (REDD+) कार्यान्वयन केन्द्रको प्रमुखको जिम्मेवारी दिइएको छ। विभागको नेतृत्व सम्हालिसक्नुभएका प्रधानलाई सरकारले वन क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी महत्त्वपूर्ण निकाय मानिने रेड कार्यान्वयन केन्द्रमा प्रमुख (प्रमुख केन्द्र प्रमुख/महानिर्देशकस्तर) का रूपमा सरुवा गरेको हो। ​नेपालमा वन संरक्षण, […]

Back To Top