ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

ड्रोनबाट राम्चे पहिरोमा अम्रिसोको बीउ छरिँदै

नवलपरासी । नवलपरासीको हुप्सेकोटस्थित नेपालकै ठूला र जोखिमयुक्त पहिरोमध्ये एक मानिने राम्चे पहिरो न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग सुरु गरिएको छ। पहिरो प्रभावित क्षेत्रमा ड्रोनमार्फत अम्रिसोको बीउ छरेर भू–क्षय नियन्त्रण तथा माटो संरक्षण गर्ने अभियान थालिएको हो।

करिब ४० देखि ४२ हेक्टर क्षेत्रफलमा फैलिएको राम्चे पहिरो सन् १९८१ देखि निरन्तर सक्रिय रहँदै आएको छ। गिन्द्री जलाधारको शिरमा रहेको यस क्षेत्रमा मौसमी प्रभावका कारण माटो खुम्चिने, जमिनमा चिरा पर्ने तथा मनसुनको समयमा तीव्र भू–क्षय हुने समस्या देखिँदै आएको छ। यसका कारण पहिरोको जोखिम वर्षेनी बढ्दै गएको स्थानीयको भनाइ छ।

मानवीय रूपमा पुग्न कठिन र जोखिमयुक्त भू–भाग भएकाले पहिरो नियन्त्रण तथा वनस्पति पुनःस्थापनाका लागि ड्रोन प्रविधिको प्रयोग गरिएको हो। ड्रोनबाट अम्रिसोको बीउ छरेर पहिरो प्रभावित क्षेत्रमा वनस्पति आवरण विस्तार गर्ने र माटोको क्षय कम गर्ने लक्ष्य राखिएको छ।

अम्रिसोको बलियो र फैलिने जराले माटोलाई बाँधेर राख्न सहयोग गर्ने भएकाले पहिरो न्यूनीकरणमा यसको प्रयोग प्रभावकारी हुने अपेक्षा गरिएको छ। दुर्गम तथा जोखिमयुक्त भू–भागमा ड्रोनमार्फत बीउ छर्ने प्रविधिले कम समय र श्रममा ठूलो क्षेत्रमा वनस्पति विस्तार गर्न सकिने भएकाले यो अभियानलाई नयाँ प्रयोगका रूपमा हेरिएको छ।

प्रविधि र प्रकृति संरक्षणलाई एकसाथ जोडेर अघि बढाइएको यस अभियानले राम्चे पहिरोको दीर्घकालीन न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, वन तथा वातावरण क्षेत्रका विज्ञ र सम्बन्धित सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top