ताजा खबर
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला
अवैध काठसहित पक्राउ परेका व्यक्तिविरुद्ध डिभिजन वन कार्यालयमा मुद्दा दायर
पहिलाखोला सामुदायिक वनले २ हजार ३८० क्यु.फिट काठ लिलाम गर्दै
काठमाडौँ फरेस्ट्री कलेजमा जनशक्ति आवश्यकता
लुम्बिनीमा स्थायी O&M हुँदै, वन संगठन संरचनामा वन प्राविधिकको चासो
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै,एक वर्षमा ९० लाख भन्दा आम्दानी
खर्क नीति २०६८ समसामयिक सुधारका लागि बहुसरोकारवाला छलफल
वन तथा वातावरण क्षेत्रका कर्मचारीको सरुवा र काज व्यवस्थित गर्न नयाँ मापदण्ड लागू

काठमाडौँ फरेस्ट्री कलेजमा जनशक्ति आवश्यकता

काठमाडाैं । ​काठमाडौँको चन्द्रागिरि-८, गैरीगाउँस्थित काठमाडौं फरेस्ट्री कलेज (KAFCOL) पब्लिक लिमिटेडले विभिन्न शैक्षिक तथा अनुसन्धान पदका लागि नयाँ जनशक्तिको माग गरेको छ।

​कलेजले सार्वजनिक गरेको सूचना अनुसार १ जना भाइस प्रिन्सिपल/एकेडेमिक कोअर्डिनेटर र ४ जना पूर्णकालीन प्राध्यापक/शिक्षक (Full Time Faculty) पदका लागि आवेदन आह्वान गरिएको हो। भाइस प्रिन्सिपल पदका लागि सम्बन्धित विषयमा स्नातकोत्तर वा विद्यावारिधि (PhD) सहित आवश्यक अनुभव हुनुपर्नेछ भने पूर्णकालीन प्राध्यापकका लागि BSc Forestry र MSc NRM-RD अध्यापन गराउन सक्ने योग्य उम्मेदवार हुनुपर्नेछ।

इच्छुक तथा योग्य उम्मेदवारले आगामी २०८३ असोज ११ गते (२७ सेप्टेम्बर २०२६) भित्र आफ्नो बायोडाटा (CV) र कभर लेटरसहित कलेजको इमेल mail@kafcol.edu.np मा आवेदन दिन सक्नेछन्। यस सम्बन्धी थप विस्तृत जानकारी कलेजको आधिकारिक वेबसाइट www.kafcol.edu.np मा उपलब्ध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top