ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

११ देशका नीति निर्माता र ३०० विद्यार्थीको सहभागितामा वन विज्ञान अध्ययन संस्थानको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानको आयोजनामा सञ्चालित तीन दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन आइतबार काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ।

​‘भविष्यका लागि वन : संरक्षण, प्रविधि र दिगो विकास’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त सम्मेलनमा नेपालसहित ११ देशका वरिष्ठ नीति निर्माता, वातावरणविद्, प्राध्यापक तथा ३०० भन्दा बढी विद्यार्थी एवम् युवा शोधकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।

​तीन दिनसम्म चलेको सम्मेलनमा जैविक विविधता संरक्षण, जलवायु परिवर्तनका चुनौती, हिमाली पारिस्थितिक प्रणाली र समुदायमा आधारित वन व्यवस्थापनका विषयमा घनिभूत छलफल भएको थियो। कार्यक्रममा सहभागी ३०० जना विद्यार्थी तथा युवा शोधकर्ताहरूले ११ देशका नीति निर्माताहरूसँग प्रत्यक्ष संवाद गर्दै आफ्ना अध्ययन, अनुसन्धान र नवीन सोच प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्राप्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top