ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

११ देशका नीति निर्माता र ३०० विद्यार्थीको सहभागितामा वन विज्ञान अध्ययन संस्थानको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानको आयोजनामा सञ्चालित तीन दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन आइतबार काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ।

​‘भविष्यका लागि वन : संरक्षण, प्रविधि र दिगो विकास’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त सम्मेलनमा नेपालसहित ११ देशका वरिष्ठ नीति निर्माता, वातावरणविद्, प्राध्यापक तथा ३०० भन्दा बढी विद्यार्थी एवम् युवा शोधकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।

​तीन दिनसम्म चलेको सम्मेलनमा जैविक विविधता संरक्षण, जलवायु परिवर्तनका चुनौती, हिमाली पारिस्थितिक प्रणाली र समुदायमा आधारित वन व्यवस्थापनका विषयमा घनिभूत छलफल भएको थियो। कार्यक्रममा सहभागी ३०० जना विद्यार्थी तथा युवा शोधकर्ताहरूले ११ देशका नीति निर्माताहरूसँग प्रत्यक्ष संवाद गर्दै आफ्ना अध्ययन, अनुसन्धान र नवीन सोच प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्राप्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top