ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

कृष्णप्रसाद आचार्यको अध्यक्षतामा वन विज्ञान अध्ययन संस्थान पूर्वविद्यार्थी संघ (अलमनाई) गठन

काठमाडाैं । ​त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान (IOF) का पूर्वविद्यार्थीहरूको छाता सङ्गठनका रूपमा कृष्णप्रसाद आचार्यको अध्यक्षतामा ११ सदस्यीय पूर्वविद्यार्थी संघ (Alumni Association) गठन गरिएको छ।

संस्थानमा आयोजित विशेष समारोहका बीच संस्थानबाट अध्ययन पूरा गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा कार्यरत विशेषज्ञहरूलाई समेटेर उक्त समिति चयन गरिएको हो। नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद आचार्यले संघले आगामी दिनमा संस्थागत विकास, वन तथा वातावरण क्षेत्रमा अनुसन्धान प्रवर्द्धन, र अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्ति एवम् मेन्टरसिप (Mentorship) जस्ता रचनात्मक कार्यहरू प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

संस्थानका प्राध्यापक डाक्टर राजेश राईले अलमनाई गठनले वन विज्ञान अध्ययन संस्थानको गरिमा बढाउनुका साथै आगामी दिनमा शैक्षिक तथा सामाजिक रूपमा उल्लेख्य योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top