ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

कृष्णप्रसाद आचार्यको अध्यक्षतामा वन विज्ञान अध्ययन संस्थान पूर्वविद्यार्थी संघ (अलमनाई) गठन

काठमाडाैं । ​त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान (IOF) का पूर्वविद्यार्थीहरूको छाता सङ्गठनका रूपमा कृष्णप्रसाद आचार्यको अध्यक्षतामा ११ सदस्यीय पूर्वविद्यार्थी संघ (Alumni Association) गठन गरिएको छ।

संस्थानमा आयोजित विशेष समारोहका बीच संस्थानबाट अध्ययन पूरा गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा कार्यरत विशेषज्ञहरूलाई समेटेर उक्त समिति चयन गरिएको हो। नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद आचार्यले संघले आगामी दिनमा संस्थागत विकास, वन तथा वातावरण क्षेत्रमा अनुसन्धान प्रवर्द्धन, र अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्ति एवम् मेन्टरसिप (Mentorship) जस्ता रचनात्मक कार्यहरू प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

संस्थानका प्राध्यापक डाक्टर राजेश राईले अलमनाई गठनले वन विज्ञान अध्ययन संस्थानको गरिमा बढाउनुका साथै आगामी दिनमा शैक्षिक तथा सामाजिक रूपमा उल्लेख्य योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top