ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

इलाम । इलामको माई नगरपालिका–९ स्थित सोक्तिमभ्याली सामुदायिक वनमा साल जातको रुख कटान गरी काठ चिरान गरिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा डिभिजन वन कार्यालय इलामका वन अधिकृत तथा सूचना अधिकारी भुवनमणि शर्माको नेतृत्वमा माई सब–डिभिजन वन कार्यालय सुखानीका सशस्त्र वन रक्षकसहितको संयुक्त गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

गस्तीका क्रममा सामुदायिक वन क्षेत्रमा रुख कटान गरी धरान थापी काठ चिरान गरिरहेको अवस्थामा माई नगरपालिका–९ विष्टगाउँका ५६ वर्षीय राजेन्द्र राई र सोही स्थानका ५० वर्षीय पेम्बा हेल्मुलाई पक्राउ गरिएको सूचना अधिकारी शर्माले जानकारी दिए ।

पक्राउ तथा बरामद कार्यमा प्रहरी चौकी चिसापानीका प्रहरी सहायक निरीक्षक चन्द्रकान्त राय नेतृत्वको प्रहरी टोलीले समेत सहयोग गरेको थियो ।

घटनास्थलबाट साल जातका ४ वटा गोलिया र चिरान गर्दै गरेका २ वटा फक्लेटासहित ६ थानमा ३३।५३ घनफिट काठ बरामद गरिएको छ । त्यस्तै, चिरान भइसकेको ८ थानमा ८.१७ घनफिट काठसमेत बरामद भएको वन कार्यालयले जनाएको छ ।

यसरी घटनास्थलबाट कुल १४ थानमा ४१.७० घनफिट सालको काठ बरामद गरिएको छ । बरामद काठको बिगो रु। ५६ हजार २१० कायम गरिएको सूचना अधिकारी शर्माले बताए ।

वन कार्यालयको टोलीले काठ कटान तथा चिरानमा प्रयोग भएको एक थान गोरखपुरे चिरान आरा, एक थान गल, आराको दाँत मिलाउने एक थान नारिस, एक थान मिटर टेप र एक थान दाउ समेत बरामद गरेको छ ।

घटनाका सम्बन्धमा थप क्षतिको जाँचबुझ भइरहेको र काठ कटानमा अन्य व्यक्तिको समेत संलग्नता भए–नभएकोबारे खोजी भइरहेको डिभिजन वन कार्यालय इलामले जनाएको छ ।

डिभिजनल वन अधिकृत उत्सव थापाले सीमित स्रोतसाधनका बाबजुद वन संरक्षणको कामलाई प्रभावकारी रूपमा अघि बढाइएको बताए । वन क्षेत्र अतिक्रमण नियन्त्रण तथा वन संरक्षणका विषयमा कार्यालयले शून्य सहनशीलताको नीति अपनाएर काम गरिरहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top