ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद

इलाम । इलामको चुलाचुली गाउँपालिका–३ स्थित सुकुना खोलाबाट वन कर्मचारीले साल जातका चिरान काठसहित काठ ओसारपसारमा प्रयोग भएको मोटरसाइकल बरामद गरेका छन्।

मंगलबार राति करिब ११स्२५ बजे चुलाचुली सब डिभिजन वन कार्यालय, बरगोठेका कर्मचारी सम्मिलित संयुक्त गस्ती टोलीले काठ लोड गरिएको अवस्थामा मे २ प २००५ नम्बरको हिरोहोन्डा मोटरसाइकल फेला पारेको हो।

वन सहायक धनिरामसिंह कुशवाहा र वन सहायक सीता योगीको नेतृत्वमा खटिएको टोलीले नियमित गस्तीका क्रममा मोटरसाइकलसहित सालका सात थान चिरान काठ र तस्करीमा प्रयोग भएको एक थान मोबाइलसहितको झोला बरामद गरेको हो।

वन कर्मचारीको गस्ती टोली आएको थाहा पाएपछि काठ ओसारपसारमा संलग्न व्यक्ति काठ र मोटरसाइकल छाडेर फरार भएको जनाइएको छ। बरामद सामग्री नियन्त्रणमा लिएर फरार व्यक्तिको खोजी भइरहेको वन कार्यालयले जनाएको छ।

पछिल्लो समय ठूलो संख्यामा वन कर्मचारीको सरुवा तथा स्थानान्तरण भइरहेका बेला त्यसको मौका छोपेर वन तस्कर सक्रिय भएको हुनसक्ने आशंका गरिएको छ।

सीमित स्रोतसाधनका बाबजुद डिभिजन वन कार्यालय इलामले मातहतका सब डिभिजन वन कार्यालयलाई वन संरक्षण तथा अवैध काठ ओसारपसार नियन्त्रणका लागि नियमित र सघन गस्तीमा परिचालन गरिरहेको डिभिजन वन कार्यालय इलामका सूचना अधिकारी भुवनमणि शर्माले बताए।

वन कार्यालयले बरामद काठ, मोटरसाइकल तथा अन्य सामग्री आवश्यक अनुसन्धान र कानुनी प्रक्रियाका लागि नियन्त्रणमा लिएको छ। फरार व्यक्तिको पहिचान तथा खोजी कार्यलाई तीव्र पारिएको वन कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top