ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद

इलाम । इलामको चुलाचुली गाउँपालिका–३ स्थित सुकुना खोलाबाट वन कर्मचारीले साल जातका चिरान काठसहित काठ ओसारपसारमा प्रयोग भएको मोटरसाइकल बरामद गरेका छन्।

मंगलबार राति करिब ११स्२५ बजे चुलाचुली सब डिभिजन वन कार्यालय, बरगोठेका कर्मचारी सम्मिलित संयुक्त गस्ती टोलीले काठ लोड गरिएको अवस्थामा मे २ प २००५ नम्बरको हिरोहोन्डा मोटरसाइकल फेला पारेको हो।

वन सहायक धनिरामसिंह कुशवाहा र वन सहायक सीता योगीको नेतृत्वमा खटिएको टोलीले नियमित गस्तीका क्रममा मोटरसाइकलसहित सालका सात थान चिरान काठ र तस्करीमा प्रयोग भएको एक थान मोबाइलसहितको झोला बरामद गरेको हो।

वन कर्मचारीको गस्ती टोली आएको थाहा पाएपछि काठ ओसारपसारमा संलग्न व्यक्ति काठ र मोटरसाइकल छाडेर फरार भएको जनाइएको छ। बरामद सामग्री नियन्त्रणमा लिएर फरार व्यक्तिको खोजी भइरहेको वन कार्यालयले जनाएको छ।

पछिल्लो समय ठूलो संख्यामा वन कर्मचारीको सरुवा तथा स्थानान्तरण भइरहेका बेला त्यसको मौका छोपेर वन तस्कर सक्रिय भएको हुनसक्ने आशंका गरिएको छ।

सीमित स्रोतसाधनका बाबजुद डिभिजन वन कार्यालय इलामले मातहतका सब डिभिजन वन कार्यालयलाई वन संरक्षण तथा अवैध काठ ओसारपसार नियन्त्रणका लागि नियमित र सघन गस्तीमा परिचालन गरिरहेको डिभिजन वन कार्यालय इलामका सूचना अधिकारी भुवनमणि शर्माले बताए।

वन कार्यालयले बरामद काठ, मोटरसाइकल तथा अन्य सामग्री आवश्यक अनुसन्धान र कानुनी प्रक्रियाका लागि नियन्त्रणमा लिएको छ। फरार व्यक्तिको पहिचान तथा खोजी कार्यलाई तीव्र पारिएको वन कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top