ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

वनजङ्गल आसपासका बस्तीमा बाँदरको उपद्रोले भोजपुरका किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल

भाेजपुर । भोजपुरमा बाँदरको बढ्दो उपद्रोले किसानको वर्षभरको मेहनत जोखिममा परेको छ । मकैलगायतका अन्नबाली पाक्ने समयमा खेतबारीमा बाँदरको झुण्ड पसेर बालीनाली नष्ट गर्न थालेपछि किसानलाई अन्नबाली जोगाउन मुस्किल भएको हो । विशेषगरी अहिले मकै पाक्ने समय भएकाले जिल्लाका विभिन्न क्षेत्रमा बाँदरको आतङ्क बढेको किसानको भनाइ छ ।

विशेषगरी तल्लो भेग तथा वनजङ्गल आसपासका बस्तीमा बाँदरको उपद्रो बढी देखिएपछि किसानलाई अन्नबाली जोगाउन समस्या भएको छ ।

भोजपुरका नौवटै स्थानीय तहका अधिकांश भू–भागमा बाँदरको समस्या देखिएको छ । मकै पाक्ने समयमा खेतबारीमा बाँदरको हुल पस्ने र केही समयमै अन्नबाली सखाप बनाउने गरेको किसानको दुखेसो छ ।

भोजपुर नगरपालिका–४ का स्थानीय कुमार राउतले बाँदर नियन्त्रणका लागि तत्कालीनसँगै दीर्घकालीन उपाय खोज्नुपर्ने बताए । …वर्षभरि मेहनत गरेर लगाएको बाली पाक्ने बेलामा बाँदरले नष्ट गरिदिन्छन्Ú, उनले भने , …खेतबारीमा गएर दिनभरि कुर्नुपर्ने अवस्था छ । यसको दीर्घकालीन समाधानका लागि सरकारले प्रभावकारी योजना ल्याउनुपर्छ ।Ú

बाँदरले मकैबालीसँगै तरकारी तथा बगैँचाका फलफूलमा क्षति पु¥याउन थालेपछि किसान थप समस्यामा परेका छन् । बालीनाली जोगाउन किसानले खेतबारीमा स–साना टहरा बनाएर नियमित रूपमा निगरानी गर्ने गरेका छन् । परिवारका दुईदेखि तीन जनासम्म दैनिक रूपमा खेतबारीमा खटिएर बाँदर धपाउनुपर्ने अवस्था रहेको किसानको भनाइ छ ।

डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाँले किसानको मागका आधारमा स्थानीय तह तथा किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको बताए । …बाँदरको समस्या धेरै ठाउँमा देखिएको Ú, प्रमुख मियाले भने, …तत्कालका लागि बाँदर धपाउने यन्त्र वितरणलगायत उपाय अपनाइएको छ । तर समस्या दीर्घकालीन रूपमा समाधान गर्न थप प्रभावकारी उपाय अवलम्बन गर्नु आवश्यक छ ।

बाँदरको बढ्दो उपद्रोका कारण कतिपय स्थानीयले अन्नबाली जोगाउन नसकेर बस्ती नै छाड्नुपर्ने अवस्था आएको स्थानीय किसान बताउँछन् । खेतीपातीमा निर्भर परिवारलाई बाँदरको समस्या आर्थिकसँगै सामाजिक चुनौतीसमेत बन्दै गएको उनीहरूको भनाइ छ ।

किसानले बाँदर नियन्त्रणका लागि स्थानीय तह र सम्बन्धित निकायले समन्वय गरेर दीर्घकालीन योजना बनाउन माग गरेका छन् । अन्नबाली तथा फलफूलमा हुने क्षति न्यूनीकरणसँगै किसानको जीविकोपार्जन सुरक्षित गर्न राज्यले समस्या समाधानमा गम्भीर बन्नुपर्ने उनीहरूको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top