ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

बङ्गलादेश र नेपालका फोटो पत्रकारद्वारा पोखरामा वृक्षरोपण

गण्डकी । पोखरा भ्रमणमा आएका बङ्गलादेशी फोटो पत्रकार र नेपाली फोटो पत्रकारले पोखरा रङ्गशाला परिसरमा संयुक्त रुपमा वृक्षरोपण गरेका छन् ।

दुई देशबीचको भाइचारा एवं मित्रताको प्रतिक स्वरुप आँपलगायत विभिन्न फलफूलका बिरुवा रोपिएको हो । वृक्षरोपणबाट फोटो पत्रकारबीच थप सम्बन्ध सुदृढ हुने विश्वास लिइएको छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङको सहयोगमा गरिएको वृक्षरोपणमा बङ्गलादेश फोटो पत्रकार सङ्घका अध्यक्ष ए।के।एम। मोहसिन, राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तलगायत फोटो पत्रकारको सहभागिता थियो ।

समूहका अध्यक्ष वन्तले नेपाल र बङ्गलादेशका फोटो पत्रकारबीच २१ वर्षदेखि कायम भाइचारा र व्यावसायिक सम्बन्धलाई वृक्षरोपणजस्ता सिर्जनशील कार्यले थप प्रेरणा मिल्ने बताए ।

अध्यक्ष मोहसिनको नेतृत्वमा आएको बङ्गलादेशी फोटो पत्रकारको टोलीले सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता भएको थियो । भेटमा दुईपक्ष हित तथा जनस्तरमा सांस्कृतिक आदानप्रदानलगायत विषयमा कुराकानी भएको थियो ।

प्रमुख आचार्यले अन्तरराष्ट्रिय बजारमा पोखराको पर्यटन प्रवद्र्धनका लागि महानगरपालिकाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउँदै बङ्गलादेशमा पोखराको प्राकृतिक सुन्दरता, संस्कृति, आतिथ्यता एवं साहसिक पर्यटन गतिविधिको प्रचारप्रसार गरिदिन आग्रह गरेका थिए ।

बङ्गलादेशी फोटो पत्रकारले पोखराको प्राकृतिक सौन्दर्य र वातावरणले आकर्षित भएको बताएका थिए । १२ सदस्यीय टोलीमा बङ्गलादेश फोटो पत्रकार सङ्घका अध्यक्ष मोहसिन, महासचिव बाबुल तालुकदार, पूर्वअध्यक्ष ए।बी।एम। रफिकुर रहमानलगायत रहेका छन् ।

भेटमा राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष वन्त, महासचिव घनश्याम श्रेष्ठ, सदस्य अजय मानन्धर, कास्की शाखाका अध्यक्ष योगेन्द्र श्रेष्ठ, उपाध्यक्ष वसन्त थापा, सचिव प्रेम थापालगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top