ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

मधेशमा वन सेवाका ७ वरिष्ठ अधिकृतको सरुवा तथा पदस्थापन

जनकपुरधाम। मधेश प्रदेश सरकारले वन सेवाअन्तर्गत नवौँ र दशौँ तहका सात जना वरिष्ठ अधिकृतहरूको सरुवा तथा पदस्थापन गरेको छ।

वन तथा वातावरण मन्त्रालयको भदौ ४ गतेको निर्णयअनुसार डिभिजनल वन अधिकृत तथा वन संरक्षण र व्यवस्थापन अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

निर्णयअनुसार डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सुभाष चन्द दास र डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय कुमार मिश्रलाई प्रदेश वन निर्देशनालय, मधेश प्रदेशमा सरुवा गरिएको छ। दुवै जना दशौँ तहका अधिकृत हुन्।

त्यस्तै, डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमदलाई डिभिजन वन कार्यालय रौतहटमा सरुवा गरिएको छ। दशौँ तहका अहमदले अब रौतहट डिभिजनको नेतृत्व गर्नेछन्। यता रिक्त रहेकाे डिभिजन वन कार्यालय पर्सालाइ खाली राखिएकाे छ ।

 

वन तथा वातावरण मन्त्रालयमा कार्यरत नवौँ तहका सुर्य प्रसाद मैनालीलाई डिभिजन वन कार्यालय महोत्तरीमा सरुवा गरिएको छ भने रौतहट डिभिजनमा कार्यरत नवौँ तहका मनोज ठाकुरलाई डिभिजन वन कार्यालय सप्तरीमा पठाइएको छ।

यसैगरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेका दशौँ तहका हेमन्त प्रसाद साहलाई वन तथा वातावरण मन्त्रालयमा पदस्थापन गरिएको छ। डिभिजन वन कार्यालय सिरहाका नवौँ तहका बेचन चौधरीलाई भने सोही कार्यालयमा पदस्थापन गरिएको छ। धनुषा र  सर्लाही भने यथावत् नै राखिएकाे छ ।

प्रदेश सरकारले वन प्रशासनलाई थप प्रभावकारी बनाउने तथा डिभिजन वन कार्यालयहरूको कार्यसम्पादनलाई सुदृढ गर्ने उद्देश्यले अधिकृतहरूको जिम्मेवारी हेरफेर गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top