ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

मधेशमा वन सेवाका ७ वरिष्ठ अधिकृतको सरुवा तथा पदस्थापन

जनकपुरधाम। मधेश प्रदेश सरकारले वन सेवाअन्तर्गत नवौँ र दशौँ तहका सात जना वरिष्ठ अधिकृतहरूको सरुवा तथा पदस्थापन गरेको छ।

वन तथा वातावरण मन्त्रालयको भदौ ४ गतेको निर्णयअनुसार डिभिजनल वन अधिकृत तथा वन संरक्षण र व्यवस्थापन अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

निर्णयअनुसार डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सुभाष चन्द दास र डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय कुमार मिश्रलाई प्रदेश वन निर्देशनालय, मधेश प्रदेशमा सरुवा गरिएको छ। दुवै जना दशौँ तहका अधिकृत हुन्।

त्यस्तै, डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमदलाई डिभिजन वन कार्यालय रौतहटमा सरुवा गरिएको छ। दशौँ तहका अहमदले अब रौतहट डिभिजनको नेतृत्व गर्नेछन्। यता रिक्त रहेकाे डिभिजन वन कार्यालय पर्सालाइ खाली राखिएकाे छ ।

 

वन तथा वातावरण मन्त्रालयमा कार्यरत नवौँ तहका सुर्य प्रसाद मैनालीलाई डिभिजन वन कार्यालय महोत्तरीमा सरुवा गरिएको छ भने रौतहट डिभिजनमा कार्यरत नवौँ तहका मनोज ठाकुरलाई डिभिजन वन कार्यालय सप्तरीमा पठाइएको छ।

यसैगरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेका दशौँ तहका हेमन्त प्रसाद साहलाई वन तथा वातावरण मन्त्रालयमा पदस्थापन गरिएको छ। डिभिजन वन कार्यालय सिरहाका नवौँ तहका बेचन चौधरीलाई भने सोही कार्यालयमा पदस्थापन गरिएको छ। धनुषा र  सर्लाही भने यथावत् नै राखिएकाे छ ।

प्रदेश सरकारले वन प्रशासनलाई थप प्रभावकारी बनाउने तथा डिभिजन वन कार्यालयहरूको कार्यसम्पादनलाई सुदृढ गर्ने उद्देश्यले अधिकृतहरूको जिम्मेवारी हेरफेर गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top