ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

भोटेकोशी बाढीको मुद्दा एलडीसी मन्त्रीस्तरीय बैठकमा उठाइयो

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीको विषयलाई मुख्य एजेन्डाका रूपमा उठाएकी छन् । टिमोर–लेस्टेको राजधानी दिलीमा आयोजित अल्पविकसित देशहरू (एलडीसी) को मन्त्रीस्तरीय बैठकमा उनले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट भएको क्षतिको विषय उठाएकी हुन् ।

बैठकको ‘साइडलाइन’मा मन्त्री चौधरीले विभिन्न उच्चस्तरीय द्विपक्षीय तथा बहुपक्षीय वार्ता गर्दै नेपालको विपद् व्यवस्थापन, पर्वतीय मुद्दा तथा जलवायु वित्तका लागि अन्तर्राष्ट्रिय समुदायसँग सशक्त लबिइङ सुरु गरेकी छन् ।

आगामी कोप–३१ को सह–आयोजक अस्ट्रेलियाली प्रतिनिधिमण्डलसँग पनि मन्त्री चौधरीले महत्त्वपूर्ण द्विपक्षीय वार्ता गरेकी छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चौधरीले अस्ट्रेलिया सरकारका तर्फबाट कोप–३२ वार्ता सचिवालय प्रमुख इन्ग्रिड लुन्डाबर्ग (Ingrid Lundaberg, Head of the Office of the COP32 Presidency of Negotiations) तथा अनुकूलन र हानि तथा नोक्सानीसम्बन्धी प्रमुख टिसा केली (Tisa Kelly, Lead for Adaptation and Loss and Damage) सँग वार्ता गरेकी हुन् ।

द्विपक्षीय वार्ताका क्रममा मन्त्री चौधरीले नेपाल सरकारका तर्फबाट अस्ट्रेलियाली सरकारलाई धन्यवाद दिँदै विपद्का क्रममा केही अस्ट्रेलियाली नागरिकसमेत बेपत्ता भएकोमा दुःख व्यक्त गरिन् । उनले बेपत्ताहरूको खोजी तथा उद्धारमा नेपाल सरकार पूर्ण रूपमा खटिरहेको जानकारी दिइन् ।

मन्त्री चौधरीले रसुवामा भएको अपूरणीय आर्थिक तथा गैर–आर्थिक क्षति नेपाल एक्लैले सम्हाल्न नसक्ने स्पष्ट पार्दै कोप–३१ को सह–अध्यक्षका रूपमा अस्ट्रेलियालाई सहज र अनुदानमा आधारित अनुकूलन वित्त प्रवाहका लागि सहजीकरण गरिदिन आग्रह गरिन् ।

नेपालले हानि तथा नोक्सानी कोष सञ्चालक समितिलाई पठाएको पत्रलाई गम्भीरतापूर्वक लिँदै कोषबाट छिटो आर्थिक सहयोग उपलब्ध गराउन पनि उनले ध्यानाकर्षण गराइन् । साथै, हिमाल र जलवायु परिवर्तनसम्बन्धी संवादलाई वार्षिक रूपमा निरन्तरता दिन अस्ट्रेलियासँग आग्रह गरिन् ।

यसअघि मन्त्री चौधरीले एलडीसी समूहका अध्यक्ष राजदूत अडाओसँग विशेष द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । भेटमा उनले नेपाल सरकारले हानि तथा नोक्सानी कोषबाट तत्काल सहयोग प्राप्त गर्न दिएको औपचारिक निवेदनलाई एलडीसी समूहले साझा एजेन्डाका रूपमा अघि बढाइदिन आग्रह गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top