ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

जनचेतना सामुदायिक वनले ६ हजार क्युफिटभन्दा बढी काठ लिलाम गर्दै

कपिलवस्तु । शिवराज नगरपालिका–१, भलुहीस्थित जनचेतना सामुदायिक वन उपभोक्ता समूहले काठ तथा दाउरा बोलपत्रमार्फत लिलाम बिक्री गर्ने भएको छ ।

समूहले स्वीकृत वन व्यवस्थापन कार्ययोजना तथा डिभिजन वन कार्यालय, कपिलवस्तु गौतमबुद्धको संकलन सहमतिअनुसार आर्थिक वर्ष २०८१-८२ र २०८२- ०८३ मा संकलन गरी उत्पादन भएका काठ तथा दाउरा लिलाम गर्न लागेको हो ।

समूहका अनुसार आर्थिक वर्ष २०८१-०८२ मा संकलन गरी उत्पादन भएका तथा आपूर्ति समितिबाट फिर्ता प्राप्त र उपभोक्तालाई बिक्री गरेपछि बाँकी रहेको साल जातको १५६ थान गोलिया काठ गरी १ हजार १७०.९४ क्युफिट काठ लिलाम गरिनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८२-०८३ मा संकलन गरी उत्पादन भएका साल, असना, कर्मालगायत जातका ९९२ थान गोलिया काठ गरी ५ हजार ८२९.१६ क्युफिट काठ रहेको समूहले जनाएको छ ।

दुवै आर्थिक वर्षको गरी कुल १ हजार १४८ थान गोलिया काठ लिलामका लागि राखिएको सूचनामा उल्लेख छ । साथै साल तथा अन्य जातको गरी २१ चट्टा दाउरा पनि लिलाम बिक्री गरिनेछ । पाटगद्दीमा विभिन्न लट बनाएर राखिएको काठ तथा दाउरा जे–जस्तो अवस्थामा छ, सोही अवस्थामा आफ्नै खर्चमा उठाई लैजानुपर्ने सर्तमा बिक्री गरिने समूहले जनाएको छ ।

समूहले वन पैदावारमा आधारित काठ तथा दाउरा उद्योगलाई बोलपत्र प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ । सूचना पहिलोपटक प्रकाशित भएको मितिले २१ दिनभित्र बोलपत्र खरिद गरी प्रत्येक लटका लागि छुट्टाछुट्टै सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र २२औँ दिनको दिउँसो २ बजेसम्म दाखिला गर्नुपर्ने सूचनामा उल्लेख छ । बोलपत्रसम्बन्धी विस्तृत जानकारीका लागि जनचेतना सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top