ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

जनचेतना सामुदायिक वनले ६ हजार क्युफिटभन्दा बढी काठ लिलाम गर्दै

कपिलवस्तु । शिवराज नगरपालिका–१, भलुहीस्थित जनचेतना सामुदायिक वन उपभोक्ता समूहले काठ तथा दाउरा बोलपत्रमार्फत लिलाम बिक्री गर्ने भएको छ ।

समूहले स्वीकृत वन व्यवस्थापन कार्ययोजना तथा डिभिजन वन कार्यालय, कपिलवस्तु गौतमबुद्धको संकलन सहमतिअनुसार आर्थिक वर्ष २०८१-८२ र २०८२- ०८३ मा संकलन गरी उत्पादन भएका काठ तथा दाउरा लिलाम गर्न लागेको हो ।

समूहका अनुसार आर्थिक वर्ष २०८१-०८२ मा संकलन गरी उत्पादन भएका तथा आपूर्ति समितिबाट फिर्ता प्राप्त र उपभोक्तालाई बिक्री गरेपछि बाँकी रहेको साल जातको १५६ थान गोलिया काठ गरी १ हजार १७०.९४ क्युफिट काठ लिलाम गरिनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८२-०८३ मा संकलन गरी उत्पादन भएका साल, असना, कर्मालगायत जातका ९९२ थान गोलिया काठ गरी ५ हजार ८२९.१६ क्युफिट काठ रहेको समूहले जनाएको छ ।

दुवै आर्थिक वर्षको गरी कुल १ हजार १४८ थान गोलिया काठ लिलामका लागि राखिएको सूचनामा उल्लेख छ । साथै साल तथा अन्य जातको गरी २१ चट्टा दाउरा पनि लिलाम बिक्री गरिनेछ । पाटगद्दीमा विभिन्न लट बनाएर राखिएको काठ तथा दाउरा जे–जस्तो अवस्थामा छ, सोही अवस्थामा आफ्नै खर्चमा उठाई लैजानुपर्ने सर्तमा बिक्री गरिने समूहले जनाएको छ ।

समूहले वन पैदावारमा आधारित काठ तथा दाउरा उद्योगलाई बोलपत्र प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ । सूचना पहिलोपटक प्रकाशित भएको मितिले २१ दिनभित्र बोलपत्र खरिद गरी प्रत्येक लटका लागि छुट्टाछुट्टै सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र २२औँ दिनको दिउँसो २ बजेसम्म दाखिला गर्नुपर्ने सूचनामा उल्लेख छ । बोलपत्रसम्बन्धी विस्तृत जानकारीका लागि जनचेतना सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top