ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

जलवायु परिवर्तनकाे मुद्दा उठाउन प्रधानमन्त्री बोलन शाह ८१औं महासभामा सहभागी हुन अमेरिका जादैं

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएका छन् । मन्त्रिपरिषद्ले प्रधानमन्त्रीकै नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल न्युयोर्क पठाउने निर्णय गरेको हो ।

यसअघि महासभामा परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरिएको थियो । तर, भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नेपालले भोगेको जनधनको क्षति र बढ्दो जलवायु जोखिमलाई विश्वमञ्चमा प्रधानमन्त्री तहबाटै उठाउनुपर्ने दबाब बढेपछि नेतृत्व परिवर्तन गरिएको हो ।

प्रधानमन्त्री शाहले महासभामा विशेषगरी भोटेकोशी बाढी, हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिम, जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षति र जलवायु न्यायको विषय उठाउने तयारी छ ।

नेपालले जलवायु संकटबाट भएको क्षतिका लागि अन्तर्राष्ट्रिय सहयोग तथा क्षतिपूर्तिको विषयलाई समेत जोडदार रूपमा अघि बढाउने अपेक्षा गरिएको छ । संयुक्त राष्ट्रसंघको ८१औं महासभाको औपचारिक सत्र सेप्टेम्बर ८ बाट सुरु हुँदैछ भने उच्चस्तरीय महासभा बहस सेप्टेम्बर २२ बाट सुरु हुनेछ । प्रधानमन्त्री शाह छोटो भ्रमण गर्ने र महासभामा सम्बोधन गरेलगत्तै फर्किने तयारीमा छन् ।

प्रधानमन्त्रीसँग जाने प्रतिनिधिमण्डललाई सकेसम्म सानो बनाउने तयारी गरिएको छ । प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयलाई भ्रमणको तयारी अघि बढाउन निर्देशन दिइसकेको छ । प्रधानमन्त्रीसँग को–को जाने भन्ने विषय भने अन्तिम टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।

प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो विदेश भ्रमणसमेत हुनेछ । उनले यसअघि नेपालमै बसेर सरकार सञ्चालन गर्ने बताउँदै आएका थिए ।

भोटेकोशी बाढीपछि नेपालले जलवायु परिवर्तनबाट हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै आएको छ । प्रधानमन्त्री शाहले पनि संसद्मा सम्बोधन गर्दै जलवायु परिवर्तन विश्वव्यापी समस्या भएकाले यसको प्रभाव न्यूनीकरण र व्यवस्थापनमा अन्तर्राष्ट्रिय समुदायको साझा जिम्मेवारी रहेको बताएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top