ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

जलवायु परिवर्तनकाे मुद्दा उठाउन प्रधानमन्त्री बोलन शाह ८१औं महासभामा सहभागी हुन अमेरिका जादैं

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएका छन् । मन्त्रिपरिषद्ले प्रधानमन्त्रीकै नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल न्युयोर्क पठाउने निर्णय गरेको हो ।

यसअघि महासभामा परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरिएको थियो । तर, भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नेपालले भोगेको जनधनको क्षति र बढ्दो जलवायु जोखिमलाई विश्वमञ्चमा प्रधानमन्त्री तहबाटै उठाउनुपर्ने दबाब बढेपछि नेतृत्व परिवर्तन गरिएको हो ।

प्रधानमन्त्री शाहले महासभामा विशेषगरी भोटेकोशी बाढी, हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिम, जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षति र जलवायु न्यायको विषय उठाउने तयारी छ ।

नेपालले जलवायु संकटबाट भएको क्षतिका लागि अन्तर्राष्ट्रिय सहयोग तथा क्षतिपूर्तिको विषयलाई समेत जोडदार रूपमा अघि बढाउने अपेक्षा गरिएको छ । संयुक्त राष्ट्रसंघको ८१औं महासभाको औपचारिक सत्र सेप्टेम्बर ८ बाट सुरु हुँदैछ भने उच्चस्तरीय महासभा बहस सेप्टेम्बर २२ बाट सुरु हुनेछ । प्रधानमन्त्री शाह छोटो भ्रमण गर्ने र महासभामा सम्बोधन गरेलगत्तै फर्किने तयारीमा छन् ।

प्रधानमन्त्रीसँग जाने प्रतिनिधिमण्डललाई सकेसम्म सानो बनाउने तयारी गरिएको छ । प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयलाई भ्रमणको तयारी अघि बढाउन निर्देशन दिइसकेको छ । प्रधानमन्त्रीसँग को–को जाने भन्ने विषय भने अन्तिम टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।

प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो विदेश भ्रमणसमेत हुनेछ । उनले यसअघि नेपालमै बसेर सरकार सञ्चालन गर्ने बताउँदै आएका थिए ।

भोटेकोशी बाढीपछि नेपालले जलवायु परिवर्तनबाट हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै आएको छ । प्रधानमन्त्री शाहले पनि संसद्मा सम्बोधन गर्दै जलवायु परिवर्तन विश्वव्यापी समस्या भएकाले यसको प्रभाव न्यूनीकरण र व्यवस्थापनमा अन्तर्राष्ट्रिय समुदायको साझा जिम्मेवारी रहेको बताएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top