ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ । अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ ।

निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार निकुञ्ज र मध्यवर्ती क्षेत्र भएर बग्ने नारायणी, राप्ती र रिउ नदीका साथै अन्य साना खोलामा पानीको बहाव उच्च हुने, बाढी आउने, नदी कटान हुने र डुबानको जोखिम बढेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।

निकुञ्जले आफ्ना कर्मचारी, मध्यवर्ती उपभोक्ता समूह तथा समिति, मध्यवर्ती सामुदायिक वन, चोरीशिकार नियन्त्रण गर्ने युवादस्ता, स्थानीय समुदाय तथा निकुञ्ज र मध्यवर्ती क्षेत्र घुम्न आउने पर्यटकलाई मौसमको पूर्वजानकारी लिएर मात्र आवतजावत गर्न तथा आवश्यक सतर्कता र सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको छ ।

निकुञ्ज प्रशासनले प्रतिकूल मौसमका बेला नदी, खोला र अन्य जोखिमयुक्त क्षेत्रमा नजान तथा सम्भावित विपद्को पूर्वतयारीका साथ सुरक्षित रहन विशेष अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top