ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

अवैध काठसहित धनुषामा भेनियर उद्योगमा छापा, ६७५ क्युफिट सिमलको काठ बरामद

धनुषा । डिभिजन वन कार्यालय धनुषाले पूर्व–पश्चिम राजमार्ग नजिकै रहेको एक काठ उद्योगमा छापा मारी ठूलो परिमाणमा अवैध काठ बरामद गरेको छ। कार्यालयको टोलीले सोमबार साँझ मिथिला नगरपालिका–२, विश्वकर्मा चोकस्थित ‘कमला भेनियर उद्योग’मा छापा मारेर ६७५ क्युफिट सिमल जातको काठ नियन्त्रणमा लिएको हो।

विशेष सूचनाका आधारमा पुगेको वन कार्यालयको गस्ती टोलीले उद्योग परिसरमा भण्डार गरी राखिएको ७८ थान (गोलिया) सिमलको काठ बरामद गरेको छ। डिभिजनल वन अधिकृत (डिएफओ) विनोद सिंहका अनुसार बरामद गरिएको काठको वैध स्रोत, खरिद–बिक्री तथा ओसारपसार सम्बन्धी कुनै पनि आवश्यक कागजात उद्योग सञ्चालकले तत्काल पेस गर्न सकेका थिएनन्।

​”उद्योगमा अवैध रूपमा काठ भण्डारण गरी राखिएको सूचनाका आधारमा हामीले छापा हानेका हौं,” डिभिजनल वन अधिकृत सिंहले भने, “सोधपुछ र जाँचबुझका क्रममा काठको स्रोत र ओसारपसार सम्बन्धी प्रमाण देखाउन नसकेपछि ६७५ क्युफिट काठ नियन्त्रणमा लिइएको छ।” काठ बरामद गरिएपछि डिभिजन वन कार्यालय धनुषाले उद्योग सञ्चालकमाथि वन ऐन अनुसार थप अनुसन्धान अघि बढाएको छ। उक्त काठ कुन क्षेत्रबाट चोरी-निकासी गरी ल्याइएको हो भन्ने विषयमा सूक्ष्म छानबिन भइरहेको वन कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top