ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

सामुदायिक वन दिवसको अवसरमा ललितपुरको पातले मुलडोलमा वृक्षरोपण

ललितपुर । सामुदायिक वन दिवस २०८३ को अवसरमा ललितपुरको पातले मुलडोल सामुदायिक वन उपभोक्ता समूहले विभिन्न प्रजातिका बिरुवा वृक्षरोपण गरेको छ।

सामुदायिक वनको संरक्षण, संवर्द्धन तथा वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो। कार्यक्रममा वन क्षेत्रको संरक्षणसँगै स्थानीय समुदायको सहभागितालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रमको सञ्चालन वन अधिकृत केशव पुडासैनीले गरेका थिए भने डिभिजन वन कार्यालय, ललितपुरका प्रमुख संयोग बस्नेतले अध्यक्षता गरेका थिए ।

कार्यक्रममा वन तथा भू–संरक्षण विभागका महानिर्देशक धीरेन्द्रकुमार प्रधान, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन)का महासचिव पार्वता गौतम, नेपाल वन प्राविधिक संघ (नेप्टा)का महासचिव सुरेन्द्र अधिकारी, फेकोफनका सचिव डिल्ली गिरी, भू–संरक्षणका सञ्जीव सुवेदी, जुनियर वन प्राविधिक संघका अध्यक्ष गणेशबहादुर बस्नेत, पातले मुलडोल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुरेन्द्र हमाल, वनस्पति कार्यालयका निलाराज चौधरी, भू तथा जलाधार कार्यालयका प्रतिनिधि तथा सामुदायिक प्रहरी गोदावरीलगायतको सहभागिता थियो।

कार्यक्रममा गोदावरी कुण्ड सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुरुषोत्तम सिलवाल, गणेशबहादुर बस्नेत, सुरेन्द्र अधिकारी, पार्वता गौतम र वन तथा भू–संरक्षण विभागका महानिर्देशक धीरेन्द्रकुमार प्रधानले शुभकामना मन्तव्य राख्नुभएको थियो।

वक्ताहरूले सामुदायिक वन नेपालको वन संरक्षण अभियानको महत्वपूर्ण आधार रहेको उल्लेख गर्दै वनको संरक्षणसँगै वृक्षरोपण, जैविक विविधताको संरक्षण र वन पैदावारको दिगो व्यवस्थापनमा उपभोक्ता समूहको भूमिका अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए।

सामुदायिक वन दिवसका अवसरमा गरिएको वृक्षरोपणले वन संरक्षणप्रति स्थानीय समुदाय, वनकर्मी तथा सरोकारवाला निकायबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। साथै, रोपिएका बिरुवाको संरक्षण र हुर्काउने जिम्मेवारीलाई समेत प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top