ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

हेटौंडामा वन विज्ञान अध्ययन संस्थानको पहिलो ग्र्याजुएट कन्फरेन्स सम्पन्न, ७३ जना विद्यार्थी ग्राजुएट

हेटौंडा ।वन विज्ञान अध्ययन संस्थान, हेटौंडा क्याम्पसले पहिलो ‘ग्र्याजुएट कन्फरेन्स’ (Graduate Conference) को आयोजना गरी बिएस्सी फरेष्ट्री २०७९–०८३ ब्याचका ७३ जना विद्यार्थीहरूलाई ग्राजुएट गराएको छ। क्याम्पसमा आयोजित विशेष समारोहका बीच विद्यार्थीहरूलाई बिदाइ तथा बधाई ज्ञापन गर्दै ग्राजुएसन गराइएको हो।

​सोही कार्यक्रमको अवसर पारेर पूर्व विद्यार्थीहरूलाई सङ्गठित बनाउने उद्देश्यले ‘पूर्व विद्यार्थी समाज’ (Alumni Association) को ९ सदस्यीय तदर्थ समितिसमेत गठन गरिएको छ। अजय विक्रम मानन्धरको अध्यक्षतामा गठित उक्त तदर्थ समितिको सदस्य सचिवमा रामदेव चौधरी चयन हुनुभएको छ।

​त्यस्तै समितिका सदस्यहरूमा सुजित कुमार झा, सुर्य प्रसाद मैनाली, बसन्त राज गौतम, गोविन्द अर्याल, प्रेमा थापा, सुगम भुसाल र रोजिता बन्जारा रहनुभएको छ। नवगठित समितिले क्याम्पसको शैक्षिक विकास र पूर्व विद्यार्थीहरूबीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउन प्रभावकारी भूमिका खेल्ने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top