ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

दिगो वन व्यवस्थापनका लागि ओखलढुंगामा आवेदन आह्वान

ओखलढुंगा । डिभिजन वन कार्यालय ओखलढुंगाले जिल्लाभित्रका सामुदायिक वन उपभोक्ता समूहलाई दिगो वन व्यवस्थापन, सम्भाव्यता अध्ययन, कार्ययोजना निर्माण तथा कार्यान्वयनका लागि आवेदन पेस गर्न आह्वान गरेको छ।

वन नियमावली, २०७९, कोशी प्रदेशको वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यविधि, २०८२ तथा राष्ट्रिय वनको रणनीतिक योजना (२०८१–२१००) बमोजिम स्थानीयस्तरमा वनजन्य उत्पादन, रोजगारी र राजस्व वृद्धि गर्ने उद्देश्यले कार्यालयले आवेदन आह्वान गरेको हो।

ओखलढुंगामा सल्लाको वन क्षेत्र बढी रहेकाले सल्ला तथा अन्य वनको वैज्ञानिक र दिगो व्यवस्थापनमार्फत उपलब्ध वनस्रोतको उपयोग गर्न इच्छुक सामुदायिक वन उपभोक्ता समूहले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आवेदन पेस गर्नुपर्नेछ।

कार्यालयका अनुसार सल्ला वन व्यवस्थापनका लागि अति भिरालो नभएको कम्तीमा १०० हेक्टर क्षेत्रफल आवश्यक पर्नेछ। सल्ला वन प्रतिस्थापनका लागि पनि अति भिरालो नभएको कम्तीमा ५० हेक्टर क्षेत्रफल तोकिएको छ। त्यस्तै, कटुस वन व्यवस्थापनका लागि कम्तीमा १०० हेक्टर तथा दार र चिउरीको ‘वनरोपण योजना’ सञ्चालनका लागि कम्तीमा १०१० हेक्टर क्षेत्रफल आवश्यक पर्नेछ।

आवेदन तथा कार्यक्रमसम्बन्धी थप जानकारी र आवश्यक सहजीकरणका लागि सम्बन्धित सब–डिभिजन वन कार्यालय वा डिभिजन वन कार्यालय ओखलढुंगामा सम्पर्क गर्न कार्यालयले सामुदायिक वन उपभोक्ता समूहलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top