ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

दिगो वन व्यवस्थापनका लागि ओखलढुंगामा आवेदन आह्वान

ओखलढुंगा । डिभिजन वन कार्यालय ओखलढुंगाले जिल्लाभित्रका सामुदायिक वन उपभोक्ता समूहलाई दिगो वन व्यवस्थापन, सम्भाव्यता अध्ययन, कार्ययोजना निर्माण तथा कार्यान्वयनका लागि आवेदन पेस गर्न आह्वान गरेको छ।

वन नियमावली, २०७९, कोशी प्रदेशको वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यविधि, २०८२ तथा राष्ट्रिय वनको रणनीतिक योजना (२०८१–२१००) बमोजिम स्थानीयस्तरमा वनजन्य उत्पादन, रोजगारी र राजस्व वृद्धि गर्ने उद्देश्यले कार्यालयले आवेदन आह्वान गरेको हो।

ओखलढुंगामा सल्लाको वन क्षेत्र बढी रहेकाले सल्ला तथा अन्य वनको वैज्ञानिक र दिगो व्यवस्थापनमार्फत उपलब्ध वनस्रोतको उपयोग गर्न इच्छुक सामुदायिक वन उपभोक्ता समूहले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आवेदन पेस गर्नुपर्नेछ।

कार्यालयका अनुसार सल्ला वन व्यवस्थापनका लागि अति भिरालो नभएको कम्तीमा १०० हेक्टर क्षेत्रफल आवश्यक पर्नेछ। सल्ला वन प्रतिस्थापनका लागि पनि अति भिरालो नभएको कम्तीमा ५० हेक्टर क्षेत्रफल तोकिएको छ। त्यस्तै, कटुस वन व्यवस्थापनका लागि कम्तीमा १०० हेक्टर तथा दार र चिउरीको ‘वनरोपण योजना’ सञ्चालनका लागि कम्तीमा १०१० हेक्टर क्षेत्रफल आवश्यक पर्नेछ।

आवेदन तथा कार्यक्रमसम्बन्धी थप जानकारी र आवश्यक सहजीकरणका लागि सम्बन्धित सब–डिभिजन वन कार्यालय वा डिभिजन वन कार्यालय ओखलढुंगामा सम्पर्क गर्न कार्यालयले सामुदायिक वन उपभोक्ता समूहलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top