ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

खगेरी खोला संरक्षणका लागि असोज १३ गते बृहत छलफल हुने

चितवन । खगेरी खोला संरक्षण तथा व्यवस्थापनका लागि सरोकारवालाबीच असोज १३ गते बृहत छलफल कार्यक्रम आयोजना गरिने भएको छ। डिभिजन वन कार्यालय चितवनको पहलमा भएको छलफलले खोलाको दीर्घकालीन संरक्षण, व्यवस्थापन तथा आगामी योजनाका विषयमा सम्बन्धित सबै पक्षलाई सहभागी गराउने निर्णय गरेको हो।

डिभिजन वन कार्यालय चितवनका वरिष्ठ डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यको अध्यक्षतामा भएको छलफलमा खगेरी खोला संरक्षण तथा व्यवस्थापनका लागि हालसम्म भएका काम, प्राप्त अनुभव र आगामी योजनाका विषयमा छलफल गरिएको थियो।

छलफलमा खगेरी सिँचाइ जल उपभोक्ता समिति, बरन्डाभार उपभोक्ता समिति, बीसहजार ताल व्यवस्थापन समिति, चितवन राष्ट्रिय निकुञ्जलगायत विभिन्न संघसंस्था तथा सरोकारवाला निकायका अध्यक्ष र प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकले खगेरी खोला संरक्षणका लागि सम्बन्धित सरोकारवालाबीच साझा बुझाइ, सहकार्य र समन्वय कायम गर्दै अघि बढ्ने निष्कर्ष निकालेको छ। खोलाको दीर्घकालीन संरक्षण तथा व्यवस्थापनका लागि सबै सरोकारवालाको सहभागितामा असोज १३ गते बृहत छलफल कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरिएको छ।

बृहत छलफल कार्यक्रममा डब्लूडब्लूएफ नेपाल सहमति, राष्ट्रिय प्रकृति संरक्षण कोष , जलाधारविद् नवीन ढुंगाना, डिभिजन वन कार्यालयका सहायक तथा वरिष्ठ वन अधिकृतहरू र सम्बन्धित उपभोक्ता समितिका प्रतिनिधिहरूको सहभागिता रहनेछ।

छलफलमा डिभिजन वन कार्यालयका वन अधिकृतहरू तारा प्रसाद शिवाकोटी, बिराज चौधरी, सुजिन लामा गोले र बालकृष्ण खनाल, खगेरी सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष बेलबहादुर गुरुङ, बरन्डाभार उपभोक्ता समितिका अध्यक्ष तथा बीसहजार ताल व्यवस्थापन समितिका प्रतिनिधि प्रदीप तिमिल्सेना र चितवन राष्ट्रिय निकुञ्ज देवनगर पोस्टका लक्ष्मीनारायण शाहलगायत सहभागी थिए।

खगेरी खोला संरक्षण तथा व्यवस्थापनका लागि सरोकारवाला निकायबीच समन्वय र साझा कार्ययोजना निर्माणलाई प्राथमिकतामा राखेर आगामी छलफल अघि बढाइने जनाइएको छ।

One thought on “खगेरी खोला संरक्षणका लागि असोज १३ गते बृहत छलफल हुने”

  1. it’s so important to protection boundaries area of this khageri khola base line area by involvement uplevel area community and lower area community people in participatory approach methodology

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top