ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

वन्यजन्तु अपराध नियन्त्रणका लागि पत्रकार र संरक्षणकर्मीबीच छलफल

ललितपुर । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तुको अवैध व्यापार र चोरी, सिकार नियन्त्रणका विषयमा सञ्चारकर्मी र संरक्षणकर्मीबीच छलफल भएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले सोमबार आयोजना गरेको छलफलमा पत्रकार तथा संरक्षण क्षेत्रमा कार्यरत विज्ञ र अभ्यासकर्तालाई एकै ठाउँमा ल्याई वन्यजन्तु संरक्षणसम्बन्धी समाचार लेखन, सूचना सम्प्रेषण, अनुभव आदानप्रदान तथा जनचेतना अभिवृद्धिका उपायबारे विचार विमर्श गरिएको थियो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका कायममुकायम निर्देशक एवं जलवायु परिवर्तन विभागका प्रमुख डाक्टर मनिषराज पाण्डेले वन्यजन्तुसम्बन्धी विषय गहन भएको बताउँदै संरक्षणका क्षेत्रमा राष्ट्रिय क्षमता विकास गर्नुपर्ने बताए। उनले ज्ञान आदानप्रदानले महत्त्वपूर्ण सफलता हासिल गर्ने उल्लेख गरे ।

वन्यजन्तु चोरी सिकारी ठूलो अपराध हो भन्दै यसलाई बृहत् रुपले हेर्नुपर्ने स्पष्ट पारे । ‘यसलाई वातावरणीय अपराधका दृष्टिले हेर्नुपर्छ कसरी अपराध न्यूनीकरण गर्न सक्छौँ भनेर ध्यान दिनुपर्छ’, उनले भने ।

वरिष्ठ संरक्षण अधिकृत विष्णुसिंह ठकुरीले मानव–वन्यजन्तु द्वन्द्व, वन्यजन्तुको अवैध व्यापार र चोरी, सिकारका विषयलाई सञ्चारमाध्यमले कसरी तथ्यपरक, जिम्मेवार र प्रभावकारी ढङ्गले उठाउन सक्छ भन्ने विषय नै महत्वपूर्ण र प्राथमिकताको विषय रहेको बताए ।

कार्यक्रममा वन्यजन्तु संरक्षणमा कोषले गर्दै आएका काम तथा संस्थाको भूमिकाबारे जानकारी गराउनुका साथै वन्यजन्तुसम्बन्धी समाचार सङ्कलनका विभिन्न पक्षमा प्रशिक्षण तथा अन्तरक्रिया गरिएको थियो ।

कार्यशालामा कोषका संरक्षण एवं सूचना अधिकारी गोविन्दप्रसाद पोखरेलले वन्यजन्तुसम्बन्धी समाचार सङ्कलन, विषय छनोट, स्रोतको प्रयोग तथा संरक्षणका संवेदनशील विषयलाई समाचारमा प्रस्तुत गर्ने तरिकाबारे सहजीकरण गरेका थिए ।

वन्यजन्तु अपराध नियन्त्रण कानुन कार्यान्वयन गर्ने निकाय वा संरक्षण संस्थाको प्रयासबाट मात्र सम्भव नहुने भएकाले सर्वसाधारणमा सचेतना अभिवृद्धि गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहनेमा सरोकारवालाले जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top