ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

गेरूवामा जंगली हात्तीको आतंक, पाक्न थालेको धानबाली नष्ट, किसान चिन्तित

​बर्दिया । बर्दियाको गेरूवा गाउँपालिकामा पछिल्लो समय जंगली हात्तीको आतङ्क अत्यधिक बढेपछि स्थानीय किसानहरू चरम समस्या र चिन्तामा परेका छन्। बर्दिया राष्ट्रिय निकुञ्जबाट बस्ती तथा खेतबारीमा छिर्ने हात्तीको समूहले पाक्न थालेको धानबाली नष्ट गर्न थालेपछि किसानहरूको वर्षभरिको मेहेनत माटोमा मिल्ने जोखिम बढेको हो।

​गेरूवा गाउँपालिका–४ स्थित दंगपुरमा भर्खरै मात्र जंगली हात्तीको समूहले स्थानीय किसानको खेतमा छिरेर पाक्न लागेको धान बाली खाएर तथा कुल्चिएर व्यापक क्षति पुर्‍याएको छ। स्थानीयवासीका अनुसार गेरूवा क्षेत्रका गाउँहरूमा पछिल्लो समय दैनिकजसो हात्ती प्रवेश गर्ने क्रम बढेको छ। हात्तीका कारण बालीनालीमा क्षति पुग्नुका साथै सर्वसाधारणको जिउधनको सुरक्षामा समेत गम्भीर खतरा पैदा भएको छ।

​धानबालीमा निरन्तर क्षति पुग्न थालेपछि गेरूवा उपभोक्ता समितिका अध्यक्ष दिनेशबहादुर शाहीले हात्तीको नियन्त्रण र किसानको सुरक्षाका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने  बताएका छन्  । उनले  निकुञ्ज प्रशासन, स्थानीय सरकार र सरोकारवाला निकायलाई किसानको जिउधनको रक्षाका लागि आवश्यक उपाय अवलम्बन गर्न र पीडित किसानलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन आग्रह  गरे ।

बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्रहरूमा मानव–वन्यजन्तु द्वन्द्व वर्षौंदेखिको प्रमुख समस्याका रूपमा रहँदै आएको छ। विशेष गरी बाली भित्र्याउने समयमा वन्यजन्तुहरू आहारको खोजीमा बस्तीतिर आकर्षित हुने गर्छन्। हाल स्थानीय किसानहरू रातभर जाग्राम बसेर थाल ठोक्ने, आगो बाल्ने जस्ता परम्परागत उपाय अपनाएर हात्ती धपाउन बाध्य छन्। तर यी उपायहरू पर्याप्त नभएकाले विद्युतीय तारबार र नियमित गस्तीको व्यवस्था गरी दिगो समाधान खोज्न स्थानीयले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top