ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

Category: Uncategorized

वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घ आवासीय संयोजक लिला पिटर्स यहियाले शिष्टचार भेट भएकाे छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपालको जलवायु कार्यसूची, जलवायुजन्य विपद्का विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउने तथा संयुक्त राष्ट्रसङ्घीय निकायहरूसँग सहकार्य र सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । बैठकमा मन्त्री चौधरीले […]

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन। दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ । क्लबले आफ्नो क्लबका ‘टिसर्ट’ लगायतका सामग्री बिक्रीको पाँच प्रतिशत गैँडा संरक्षणमा लगानी गर्ने भएको हो । क्लबमार्फत चितवन र यहाँको गैँडालाई विश्वमा चिनाउँदै आएको ‘चितवन राइनोज’ तेस्रो वर्ष नेपाल प्रिमियम लिग (एनपिएल) मा सहभागी हुँदैछ […]

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज

तुलसीपुर(दाङ)। दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता मिलेको छ । विगतमा सुक्खा क्षेत्रका रूपमा चिनिने र आकाशे पानीको भर पर्नुपर्ने जमिनहरूमा अहिले सहजै सिंचाइ पुग्ने गरेको छ । बृहत्त दाङ उपत्यका सिंचाई आयोजनाद्वारा ड्याम निर्माणपछि अहिले हेमन्तपुर भेगमा सिंचाइ भइरहेको छ, भने धनखन्ने, […]

कोप–३१ मा जलवायु न्याय र जलवायु वित्तका लागि सशक्त पहल गर्न सांसदको सुझाव

काठमाडौं। राष्ट्रियसभाका सांसदले कोप–३१ मा जलवायु न्याय र जलवायु वित्तका लागि सशक्त पहल गर्न सुझाव दिएका छन् । राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा नेपालको प्रभावकारी तयारी, जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण तथा जलवायु न्यायका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा सांसदहरूले जोड दिएका छन् । बैठकमा सांसद […]

वन्यजन्तु अपराध नियन्त्रणका लागि पत्रकार र संरक्षणकर्मीबीच छलफल

ललितपुर । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तुको अवैध व्यापार र चोरी, सिकार नियन्त्रणका विषयमा सञ्चारकर्मी र संरक्षणकर्मीबीच छलफल भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले सोमबार आयोजना गरेको छलफलमा पत्रकार तथा संरक्षण क्षेत्रमा कार्यरत विज्ञ र अभ्यासकर्तालाई एकै ठाउँमा ल्याई वन्यजन्तु संरक्षणसम्बन्धी समाचार लेखन, सूचना सम्प्रेषण, अनुभव आदानप्रदान तथा जनचेतना अभिवृद्धिका उपायबारे विचार विमर्श गरिएको […]

गेरूवामा जंगली हात्तीको आतंक, पाक्न थालेको धानबाली नष्ट, किसान चिन्तित

​बर्दिया । बर्दियाको गेरूवा गाउँपालिकामा पछिल्लो समय जंगली हात्तीको आतङ्क अत्यधिक बढेपछि स्थानीय किसानहरू चरम समस्या र चिन्तामा परेका छन्। बर्दिया राष्ट्रिय निकुञ्जबाट बस्ती तथा खेतबारीमा छिर्ने हात्तीको समूहले पाक्न थालेको धानबाली नष्ट गर्न थालेपछि किसानहरूको वर्षभरिको मेहेनत माटोमा मिल्ने जोखिम बढेको हो। ​गेरूवा गाउँपालिका–४ स्थित दंगपुरमा भर्खरै मात्र जंगली हात्तीको समूहले स्थानीय किसानको खेतमा […]

कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसरमा ट्रान्सफर्मरबाट करेन्ट लागेर चितुवाको मृत्यु

​ ​चितवन ।चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) परिसरमा रहेको बिजुलीको ट्रान्सफर्मरमा ठोक्किएर करेन्ट लाग्दा एक चितुवाको मृत्यु भएको छ। ​जिल्ला वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार करेन्ट लागेर ज्यान गुमाउने चितुवा करिब १० महिना उमेरकी पोथी रहेको छ। विश्वविद्यालय परिसरभित्र राखिएको विद्युत् ट्रान्सफर्मर नजिकै जाने क्रममा एकाएक करेन्ट लागेर चितुवाको घटनास्थलमै […]

उद्धार गरिएका नरभक्षी बाघले भरिए बर्दियाका खोर, अब नयाँ भेटिए कहाँ राख्ने ?

नेपालगन्ज । नेपालमा पाटेबाघको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएसँगै मानव–वन्यजन्तु द्वन्द्वका घटना तीव्र बनेका छन्। मध्यवर्ती तथा आसपासका बस्तीमा छिरेर मानिस र पशुचौपायामाथि आक्रमण गर्ने समस्याग्रस्त बाघको उद्धार गर्ने क्रम बढेपछि संरक्षण केन्द्रहरूमा भौतिक पूर्वाधारको गम्भीर अभाव देखिएको छ। ​बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार पछिल्लो समय बाँके, बर्दिया र चितवनका विभिन्न प्रभावित क्षेत्रबाट नियन्त्रणमा लिइएका सातवटा […]

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ । अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ । निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार निकुञ्ज र मध्यवर्ती क्षेत्र भएर बग्ने नारायणी, राप्ती र रिउ नदीका साथै अन्य साना खोलामा पानीको बहाव उच्च हुने, बाढी […]

रोनाल्डो हात्तीको मृत्यु प्रकरण : जोखिमपूर्ण विद्युतीय संरचना अध्ययन गर्न समिति गठन

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बिसहजारी ताल तथा कुमाल ताल नजिकै बहुचर्चित जंगली हात्ती ‘रोनाल्डो’को करेन्ट लागेर मृत्यु भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्जभित्रका जोखिमपूर्ण विद्युतीय संरचनाको अध्ययन गर्न समिति गठन गरेको छ। असोज ३ गते ९सेप्टेम्बर १९० मृत अवस्थामा फेला परेको ५३ वर्षीय रोनाल्डोको मृत्यु नेपाली सेनाको बरन्डाभार क्षेत्रमा रहेको […]

Back To Top