काठमाडौं। सङ्घीय संसद् सचिवालयअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको सचिवालयले हालै प्रकाशित गरेको ‘मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ ले मधेश प्रदेशमा गहिरिँदै गएको जलसंकटलाई उजागर गरेको छ। तर प्रतिवेदनमा केही महत्त्वपूर्ण पक्ष छुटेको भन्दै जलस्रोत तथा वातावरण विज्ञ डा. नागेन्द्र प्रसाद यादव ले थप गहिरो अध्ययन र दीर्घकालीन […]
धौवा महिला सामुदायिक वनको लेखा परीक्षण सम्पन्न, १ करोड १६ लाख आम्दानी, नगद कारोबार र कर कट्टामा कमजोरी
अर्घाखाँची। शितगंगा नगरपालिका–११ स्थित धौवा महिला सामुदायिक वन उपभोक्ता समूहको आर्थिक वर्ष २०८२ \०८३ को लेखा तथा आन्तरिक नियन्त्रण प्रणाली जाँचबुझ प्रतिवेदनले समूहको वित्तीय अवस्था सन्तोषजनक देखिए पनि आर्थिक अनुशासन र प्रशासनिक व्यवस्थापनमा सुधार आवश्यक रहेको औंल्याएको छ। डिभिजन वन कार्यालय, अर्घाखाँचीले वन अधिकृत केशर खड्काको संयोजकत्वमा गठित तीन सदस्यीय टोलीमार्फत गरिएको जाँचबुझपछि सार्वजनिक गरिएको […]
सप्ताहव्यापी रूपमा मनाइँदै सामुदायिक वन दिवस, वनमाथिको समुदायको अधिकार सुरक्षित गर्न फेकोफनको जोड
काठमाडौं । सामुदायिक वन दिवस यस वर्ष विभिन्न जनचेतनामूलक तथा संरक्षणमुखी कार्यक्रमसहित सप्ताहव्यापी रूपमा मनाइने भएको छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) र कृषि, वन तथा पर्यावरण मन्त्रालयको सहकार्यमा साउन २५ गते ललितपुरको खुमलटारमा मुख्य समारोह आयोजना गरिनेछ। सो अवसरमा उत्कृष्ट सामुदायिक वन र कबुलियती वन समूहलाई गणेशमान सिंह सामुदायिक वन पुरस्कार प्रदान गर्ने […]
सामुदायिक वनमा सरकारी अडिटको नयाँ अभ्यास, सुशासन सुदृढीकरणतर्फ ऐतिहासिक कदम
काठमाडौं। नेपालका सामुदायिक वन उपभोक्ता समूहहरूको वित्तीय तथा संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित पहिलो पटक सरकारी निकायबाट व्यवस्थित अडिट अभियान सुरु गरिएको छ। यस अभियानलाई सामुदायिक वन व्यवस्थापनमा पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासन स्थापित गर्ने नयाँ अभ्यासका रूपमा हेरिएको छ। अर्घाखाँचीस्थित डिभिजन वन कार्यालयले पहिलो चरणमा सम्बर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन लागू भएका ४५ […]
वन विज्ञान अध्ययन संस्थानद्वारा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुँदै
काठमाडौं । वन विज्ञान अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालयले साउन २९ देखि ३१ गतेसम्म “भविष्यका लागि वन व्यवस्थापन: संरक्षण, विकास र मानवीय हितबीच सन्तुलन” विषयमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। वन, जैविक विविधता, वातावरण संरक्षण, दिगो विकास तथा मानव कल्याणसँग सम्बन्धित समसामयिक मुद्दामा केन्द्रित रहने सम्मेलनमा नेपालसहित ११ देशका अनुसन्धानकर्ता, विज्ञ तथा प्राज्ञिक व्यक्तित्वहरूको […]
सामुदायिक वन दिवस श्रावण २५ गते मनाइँदै, युवा सहभागिता र हरित अर्थतन्त्रमा जोड
काठमाडौं । सरकारले सामुदायिक वन दिवस २०८३ आगामी श्रावण २५ गते देशभर ‘अबको सामुदायिक वनः युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन’ भन्ने मूल नाराका साथ मनाउने भएको छ। वन तथा वातावरण विभागले सातै प्रदेशका सम्बन्धित मन्त्रालय, वन निर्देशनालय तथा देशभरका ८४ डिभिजन वन कार्यालयलाई परिपत्र गर्दै स्थानीय तह, सामुदायिक वन उपभोक्ता महासंघ, सामुदायिक वन […]
वनका कुरा डटकम वन, वातावरण र जैविक विविधताको साझा आवाज
वनका कुरा , सम्पादकीय मानव सभ्यताको इतिहास प्रकृतिसँगको सहयात्राको इतिहास हो। वन केवल रूखहरूको समूह होइन, यो जीवनको आधार, वन्यजन्तुको वासस्थान, जलवायु सन्तुलनको मेरुदण्ड र आर्थिक समृद्धिको आधार पनि हो। ‘हरियो वन, नेपालको धन’ भन्ने उक्तिलाई सार्थकता दिदै नेपालले सहभागितामूलक वन व्यवस्थापन मार्फत विश्वमै उदाहरणीय अभ्यास स्थापित गरेको छ। तर, सामाजिक आर्थिक परिवर्तनसगै वन व्यवस्थापनका […]
वनक्षेत्रमा सुशासनको थालनी : ‘खडै रुख बिक्री विद्युतीय ठेक्का मार्फत’
केशर खड्का वन नेपालको प्राकृतिक सम्पदा मात्र होइन, राष्ट्रिय अर्थतन्त्र, वातावरणीय सन्तुलन, जैविक विविधता संरक्षण तथा लाखौं नागरिकको जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण क्षेत्र हो। विशेषगरी संघीय शासन प्रणाली लागू भएपछि प्रदेश सरकारहरूको वन व्यवस्थापनमा भूमिका बढेको छ। यससँगै वन प्रशासनबाट पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री सेवा प्रवाहको अपेक्षा पनि बढेको छ। यही सन्दर्भमा खडा रुख (कटान […]
बागमती प्रदेशको प्रशासनिक केन्द्र निर्माणको प्रक्रिया सुरु,पहिलो चरणमा ३ हजार ४८४ वटा रुख कटान गर्ने सम्झौता
मकवानपुर। बागमती प्रदेशको स्थायी राजधानी हेटौंडामा प्रदेश सरकारको एकीकृत प्रशासनिक भवन निर्माण प्रक्रिया अघि बढेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय र डिभिजन वन कार्यालय मकवानपुरबीच भएको सम्झौतापछि निर्माणस्थलमा रहेका सामुदायिक वनका रुख कटानको प्रक्रिया सुरु भएको हो। नेपाल सरकार मन्त्रिपरिषद् र वन तथा भू–संरक्षण विभागको निर्णयअनुसार हेटौँडा–१६ र १७ स्थित घ्याम्पे र चुरेकाली लेक सामुदायिक […]
नेपाल–युरोपेली संघबीच कृषि, वन र वातावरणमा सहकार्य सुदृढ बनाउने प्रतिबद्धता
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेट भएको छ। नेपालको कृषि विकास, परियोजनामार्फत कृषि क्षेत्रको सुदृढीकरण, कृषि उत्पादन बजार विस्तार मूख्यतः छुर्पी(Dog Chew)को युरोपेली बजारमा निर्यात सम्भावनाबारे छलफल भएको थियो । निर्यातका लागि आवश्यक मापदण्ड पूरा गर्न सम्बन्धित निकायबीच समन्वय गर्ने […]

