ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

राँझा बाँके । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका लागि नेपालगञ्ज व्यापारिक ट्रान्जिटका रूपमा विकास हुँदै गएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका डोल्पा, हुम्ला, जुम्ला, मुगु, जाजरकोट, रुकुम, बझाङ र दार्चुलालगायतका दुर्गम क्षेत्रमा पाइने यार्सागुम्बा, पाँचऔंंले, जटामसी, कुट्की, तितेपाती, पदमचाललगायतका जडीबुटी भारत  पुर्याउन नेपालगञ्जलाई प्रमुख नाकाका रूपमा प्रयोग गरिँदै आएको नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माले बताए ।

‘कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा उत्पादन तथा सङ्कलन हुने जडीबुटीको भण्डारण तथा विदेश निर्यातका लागि नेपालगञ्ज प्रमुख ट्रान्जिटका रूपमा विकास भएको छ’, उनले भने ।

पहाडी तथा हिमाली क्षेत्रबाट सडक र हवाई मार्गमार्फत जडीबुटी नेपालगञ्ज  पुर्याइन्छ । यहाँबाट भारतीय सीमानाका जोडिन, जडीबुटी भण्डारणका लागि नेपालगञ्ज र आसपासका क्षेत्रमा ठूला गोदाम तथा प्रशोधन केन्द्र रहेका छन् ।

निर्यात प्रक्रियामा देखिने कानुनी प्रावधान र प्रमाणीकरणको ढिलासुस्ती, कच्चा पदार्थकै रूपमा निर्यात गर्दा उचित मूल्य नपाइनु र आधुनिक प्रशोधन प्रयोगशालाको अभाव हुनु, भारततर्फको निर्यातमा बेलाबेलामा देखिने क्वारेन्टाइन तथा गैर–भन्सार अवरोध जस्ता चुनौती रहेको नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष शर्माले बताए ।

नेपालगञ्ज नाकाबाट गत आर्थिक वर्ष ०८२-०८३ मा रु ८४ करोड २६ लाख ७४ हजार बराबरको जडीबुटी निर्यात भएको छ  । गत आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट ३७ लाख तीन हजार आठ सय ६१ किलो बराबरका विभिन्न प्रकारका जडीबुटी निर्यात भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालगञ्ज नाका मुलुककै सबैभन्दा बढी जडीबुटी निर्यात हुने नाकाका रूपमा स्थापित भएको छ । निर्यात बढेसँगै पश्चिम नेपालका जडीबुटी उत्पादक किसान, सङ्कलक र व्यवसायी उत्साहित भएका छन् ।

यसअघि आर्थिक वर्ष ०८१-८२ मा नेपालगञ्ज नाकाबाट रु ८३ करोड ६४ लाख ७० हजार र आर्थिक वर्ष ०८० -८१ मा रु ७९ करोड ४८ लाख ८२ हजार बराबरको जडीबुटी निर्यात भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top