कञ्चनपुर । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले शुक्लाफाँटा आरक्षबाट विस्थापितको समस्या समाधानका लागि छिट्टै आयोग गठन हुने बताएकी छन् । आइतबार जिल्ला प्रशासन कार्यालयमा शुक्लाफाँटा आरक्षबाट विस्थापितको भेलालाई सम्बोधन गर्दै उनले पीडितको मागअनुसार सरकारले आयोग गठन गरी समस्या समाधान गर्ने बताएकी हुन् । ‘आरक्ष विस्थापितको समस्या समाधानका लागि तपाईँहरूका मागअनुसार […]
तनहुँका सामुदायिक वनको १७ करोडको कारोबार
तनहुँ । तनहुँका सामुदायिक वनले आर्थिक वर्ष २०८२र८३ मा वनपैदावार बिक्रीबाट १७ करोड २३ लाख ४५ हजार १२२ रुपियाँको कारोबार गरेका छन्। डिभिजन वन कार्यालयका अनुसार यस अवधिमा एक लाख २२ हजार ३९।९९ क्युफिट काठ र १६३।७६ चट्टा दाउरा उत्पादन तथा बिक्री गरिएको छ। वनपैदावारबाट एक करोड ६० लाख १६ हजार ७५१ रुपियाँ मूल्य अभिवृद्धि […]
श्री मङ्गलादेवी सामुदायिक वनमा १४५ थान गोलिया काठ लिलाम बिक्रीका लागि बोलपत्र आह्वान
चितवन। चितवनको कालिका नगरपालिका–८ स्थित श्री मङ्गलादेवी सामुदायिक वन उपभोक्ता समूहले गोलिया काठ लिलाम बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ। समूहले साल, असना र बोटधयेरो प्रजातिका कुल १४५ थान गोलिया काठ लिलाम बिक्री गर्न लागेको हो। उक्त काठको कुल परिमाण १ हजार २९ दशमलव ५२ क्युबिक फिट रहेको छ। लिलामका लागि काठको न्यूनतम मूल्याङ्कन रकम […]
वन्यजन्तुको आक्रमणबाट हुने क्षतिको लागि ‘वन्यजन्तु जोखिम केन्द्रित बीमालेख’ लागू , १५ सयमा १० लाखसम्मको सुरक्षण
काठमाडौं। नेपाल बीमा प्राधिकरणले वन्यजन्तुको आक्रमणबाट हुने मानवीय, भौतिक तथा कृषिजन्य क्षतिलाई सम्बोधन गर्न ‘वन्यजन्तु जोखिम केन्द्रित बीमालेख’ जारी गरेको छ। यस एकीकृत बीमालेखअन्तर्गत वार्षिक १५ सय रुपैयाँ बीमाशुल्क बुझाएर अधिकतम १० लाख रुपैयाँसम्मको क्षतिपूर्ति सुरक्षण पाइनेछ। बीमितले बीमाशुल्क भुक्तानी गरेपछि प्रारम्भ हुने यो बीमाको अवधि एक वर्षको हुनेछ। यस बीमालेखअन्तर्गत व्यक्तिगत दुर्घटना वा मृत्यु […]
बालेनले चुनावमा चर्चामा ल्याएको बडीमालिका–रामारोशन अब कानुनी रूपमा वन संरक्षण क्षेत्र
काठमाडौं । चुनावी अभियानका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बडीमालिकालाई चर्चामा ल्याएपछि थप चर्चित बनेको बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्र अब कानुनी रूपमै वन संरक्षण क्षेत्रका रूपमा स्थापित भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै बाजुरा र अछामका महत्वपूर्ण प्राकृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ घोषणा गरेको […]
अर्घाखाँचीमा बदेलको मात्रै शिकार लाइसेन्स, रातो मृग र चित्तललाई अनुमति छैन : केशव खड्का (अन्तर्वार्ता)
काठमाडाैं । डिभिजन वन कार्यालय, अर्घाखाँचीले भदौ ५ गते जारी गरेको सार्वजनिक सूचनामा बदेल, रातो मृग र चित्तलको शिकारका लागि जिल्ला शिकार अनुज्ञापत्र लिन आवेदन माग गरे पछि सामाजिक सञ्जालहरुमा विभिन्न टिप्पणी सुरु भएको छ । सूचनामा रातो मृग र चित्तल समेतको शिकार गर्ने लाइसेन्स खुला भएपछि यस विषयमा बहस सिर्जना भएको हो । यो […]
अर्घाखाँचीमा वन्यजन्तु नियन्त्रणका लागि ‘जिल्ला शिकार अनुज्ञापत्र’ खुला
अर्घाखाँची । वन्यजन्तुबाट हुने कृषिबाली तथा मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथ डिभिजन वन कार्यालय अर्घाखाँचीले सर्वसाधारणका लागि जिल्ला शिकार अनुज्ञापत्र’ (लाइसेन्स) को आवेदन खुला गरेको छ। डिभिजन वन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै तोकिएका नियम र प्रक्रिया पुर्याएर शिकार गर्न इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ […]
सुक्दै गएका पानीका मुहानलाई संरक्षण गर्न मार्गचित्र सार्वजनिक
काठमाडाैं ।विश्व पानी सप्ताह २०२६ का लागि विश्वभरका नेताहरू स्वीडेनको स्टकहोममा भेला भइरहेका बेला नेपालमा सुक्दै गएका पानीका मुहानलाई पुनर्जीवित र संरक्षण गर्न मार्गचित्र सार्वजनिक गरिएको छ । नेपालका तीन जिल्लाका नौ स्थानीय सरकार प्रमुख तथा नेपाल नगरपालिका सङ्घका अध्यक्षले मूलधार व्यवस्थापन र सुशासनका लागि देशकै पहिलो उपराष्ट्रिय मार्गचित्र अनुमोदन गरी सार्वजनिक गरेका हुन् । […]
स्थानीय तहलाई विपद् र जलवायु जोखिमसँग जुध्न नयाँ ढाँचा तयार
काठमाडौं ।जलवायु परिवर्तनसँगै बढ्दै गएको सुक्खा, तातो लहर र अन्य विपद्को जोखिम सामना गर्न स्थानीय तहको क्षमता बलियो बनाउने गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नयाँ ढाँचा तयार गरेको छ। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार स्थानीय तहले विपद् आउनुअघि नै जोखिम पहिचान गरी पूर्वतयारी र प्रतिकार्य गर्न सक्ने गरी ‘स्थानीय विपद् […]
मधेशमा वन सेवाका ७ वरिष्ठ अधिकृतको सरुवा तथा पदस्थापन
जनकपुरधाम। मधेश प्रदेश सरकारले वन सेवाअन्तर्गत नवौँ र दशौँ तहका सात जना वरिष्ठ अधिकृतहरूको सरुवा तथा पदस्थापन गरेको छ। वन तथा वातावरण मन्त्रालयको भदौ ४ गतेको निर्णयअनुसार डिभिजनल वन अधिकृत तथा वन संरक्षण र व्यवस्थापन अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको हो। निर्णयअनुसार डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सुभाष चन्द दास र डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख […]

