वन संरक्षण, व्यवस्थापन तथा सेवा प्रवाहसँगै सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै डिभिजन वन कार्यालय अर्घाखाँचीले आफ्ना गतिविधिलाई डिजिटल माध्यमबाट नियमित रूपमा सार्वजनिक गरिरहेको छ। कार्यालयका कार्यक्रम, निर्णय, सूचना तथा प्रगतिका गतिविधि सामाजिक सञ्जाल र वेबसाइटमार्फत नियमित प्रकाशन हुन थालेपछि कार्यालयको सूचना प्रवाह थप व्यवस्थित र प्रभावकारी बन्दै गएको छ।
कार्यालयले सञ्चालन गरेका विभिन्न कार्यक्रम तथा गतिविधिलाई फोटोसहित सामाजिक सञ्जाल र वेबसाइटमा नियमित रूपमा प्रकाशन गर्ने गरेको छ। यसले कार्यालयमा भइरहेका कामबारे सेवाग्राही, सरोकारवाला तथा आम नागरिकलाई सहज रूपमा जानकारी प्राप्त गर्ने वातावरण बनेको छ।
कार्यालयले गुनासो पोर्टलको प्रयोग, सञ्चालनमा बिभिन्न सूचना पछिल्ना ट्रेन्ड अनुसार प्रकाशन, सार्वजनिक सूचना तथा अन्य आवश्यक जानकारी डिजिटल माध्यमबाट उपलब्ध गराउने अभ्यासलाई निरन्तरता दिएको छ। यसबाट कार्यालयका कामकारबाहीमा सूचना पहुँच र पारदर्शिता बढाउन सहयोग पुगेको कार्यालयको भनाइ छ।
पछिल्लो समय कार्यालयले सामाजिक सञ्जालको समेत भरपुर प्रयोग गर्दै आएको छ। वन व्यवस्थापन, वन डढेलो नियन्त्रण, वृक्षरोपण, सामुदायिक वन, वन्यजन्तु संरक्षण, अनुगमन तथा कार्यालयका अन्य गतिविधिका सूचना र सन्देशलाई डिजिटल माध्यमबाट नियमित रूपमा प्रवाह गर्ने गरिएको छ।
त्यसैगरी, वन व्यवस्थापन तथा अनुगमनका क्षेत्रमा ड्रोन प्रविधिको प्रयोग र व्यवस्थापनलाई समेत कार्यालयले प्राथमिकतामा राखेको छ। परम्परागत कार्यशैलीसँगै आधुनिक प्रविधिको प्रयोगलाई जोड दिँदै कार्यालयले नवीनतम प्रविधिलाई आफ्नो नियमित कार्यसम्पादनसँग जोड्ने प्रयास गरिरहेको छ।
कार्यालयका गतिविधि, उपलब्धि र सार्वजनिक सरोकारका विषयलाई नियमित रूपमा सूचना तथा सन्देशका रूपमा प्रकाशन गर्ने कार्यमा सूचना अधिकारी केशब खड्काले समन्वय गरिरहेका छन्। कार्यालय प्रमुखको निर्देशन तथा कर्मचारीहरूको सहकार्यमा सूचना प्रवाहलाई व्यवस्थित बनाउने प्रयास भइरहेको कार्यालयले जनाएको छ।
वन क्षेत्रसँग सम्बन्धित प्राविधिक कामसँगै सूचना प्रविधिको प्रयोग, डिजिटल सूचना प्रवाह, सामाजिक सञ्जालको उपयोग, गुनासो व्यवस्थापन तथा ड्रोनजस्ता नवीन प्रविधिको प्रयोगलाई समेत कार्यसम्पादनको हिस्सा बनाउँदै जानु कार्यालयको पछिल्लो अभ्यासको विशेषता बनेको छ।
कार्यालयमा भइरहेका गतिविधि समयमै सार्वजनिक गर्ने, कार्यक्रमका दृश्य तथा विवरण नागरिकसमक्ष पुर्याउने र डिजिटल माध्यमबाट सेवाग्राहीसँग जोडिने अभ्यासले डिभिजन वन कार्यालय अर्घाखाँचीलाई प्रविधिमैत्री सार्वजनिक कार्यालयका रूपमा परिचित गराउन सहयोग पुगेको देखिन्छ।
कार्यालय प्रमुखको निर्देशनमा भइरहेका यस्ता प्रयासले सरकारी कार्यालयका नियमित कामकारबाहीलाई नागरिकसमक्ष थप सहज, पारदर्शी र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ।
हेर्नुहोस कार्यालयको सामाजिक सन्जालको लिंक:- https://www.facebook.com/dfo.arghakhaanchi

