ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

Day: September 25, 2026

अवैध काठसहित धनुषामा भेनियर उद्योगमा छापा, ६७५ क्युफिट सिमलको काठ बरामद

धनुषा । डिभिजन वन कार्यालय धनुषाले पूर्व–पश्चिम राजमार्ग नजिकै रहेको एक काठ उद्योगमा छापा मारी ठूलो परिमाणमा अवैध काठ बरामद गरेको छ। कार्यालयको टोलीले सोमबार साँझ मिथिला नगरपालिका–२, विश्वकर्मा चोकस्थित ‘कमला भेनियर उद्योग’मा छापा मारेर ६७५ क्युफिट सिमल जातको काठ नियन्त्रणमा लिएको हो। विशेष सूचनाका आधारमा पुगेको वन कार्यालयको गस्ती टोलीले उद्योग परिसरमा भण्डार गरी […]

चितवनमा पाँच वर्षमा १३३ गैँडाको मृत्यु संरक्षणमा बढ्दो चुनौती, सङ्कटमा बासस्थान

घाँसे मैदान र पानीका स्रोत व्यवस्थापनमा चुनौती, सीमित स्रोत–साधनका कारण संरक्षण प्रयास प्रभावित चितवन । नेपालमा एकसिंगे गैँडाको प्रमुख बासस्थानका रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा पछिल्लो पाँच वर्षमा १३३ वटा गैँडाको मृत्यु भएको छ। गैँडाको संरक्षणमा नेपालले हासिल गरेको उपलब्धिका बाबजुद प्राकृतिक तथा मानव सिर्जित कारणबाट निरन्तर भइरहेका मृत्युले वन्यजन्तु संरक्षण, बासस्थान […]

दोस्रो राष्ट्रिय संरक्षण मञ्च सम्पन्न, हरेक दुई वर्षमा आयोजना गर्ने प्रतिबद्धता

ललितपुर । जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा प्राकृतिक स्रोत व्यवस्थापनका लागि जलवायु वित्त परिचालनमा जोड दिँदै दोस्रो राष्ट्रिय संरक्षण मञ्च (NCF) २०२६ सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) नेपाल राष्ट्रिय समितिको आयोजनामा ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) परिसरमा आयोजित दुईदिने मञ्च ‘जैविक विविधता संरक्षण र समृद्ध नेपालका लागि जलवायु वित्तको […]

रोनाल्डो हात्तीको मृत्यु प्रकरण : जोखिमपूर्ण विद्युतीय संरचना अध्ययन गर्न समिति गठन

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बिसहजारी ताल तथा कुमाल ताल नजिकै बहुचर्चित जंगली हात्ती ‘रोनाल्डो’को करेन्ट लागेर मृत्यु भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्जभित्रका जोखिमपूर्ण विद्युतीय संरचनाको अध्ययन गर्न समिति गठन गरेको छ। असोज ३ गते ९सेप्टेम्बर १९० मृत अवस्थामा फेला परेको ५३ वर्षीय रोनाल्डोको मृत्यु नेपाली सेनाको बरन्डाभार क्षेत्रमा रहेको […]

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनको प्रस्ताव : नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गरौं

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले जलवायु विपद्को सामना गर्न नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्न प्रस्ताव गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभालाई शुक्रबार बिहान सम्बोधन गर्दै उनले यस्तो प्रस्ताव राखेका हुन् । हिमालय क्षेत्र करिब २ अर्ब मानिसको आश्रयस्थल र पृथ्वीको जीवन रक्षक प्रणालीको हिस्सा भएको उल्लेख गर्दै उनले यस संयन्त्रमार्फत […]

संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेनको सम्बोधन : हामीले नताताएको जलवायुको मारमा पर्‍यौ’ सुरु नगरेका युद्धको मार पनि खेपिरहेका छौँ

काठमाडाैं । संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन शाहले नेपालले भोगिरहेको जलवायु संकट, हिमाली क्षेत्रमा बढ्दो विपद् र अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारीबारे धारणा राखेका छन्। सम्बोधनका क्रममा उनले भोटेकोशी–त्रिशूली विपद्लाई नेपालमा मात्र सीमित घटना नभई विश्वका लागि चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्। प्रधानमन्त्री शाहले जलवायु परिवर्तनले कुनै पनि देशको सीमा नमान्ने उल्लेख गर्दै हिमनदी र बाढीले पासपोर्टमा […]

Back To Top