ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

वन क्षेत्रमै पहिलोपटक ‘लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड’ डिभिजनल वन अधिकृत विजयराज सुबेदी सम्मानित

काठमाडौं। वन क्षेत्रका उत्कृष्ट प्राविधिकको योगदानलाई संस्थागत रूपमा सम्मान गर्ने उद्देश्यसहित नेपाल वन प्राविधिक संघ , लुम्बिनीले स्थापना गरेको ‘लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड–२०८२’ पहिलोपटक डिभिजन वन अधिकृत विजयराज सुबेदी लाई प्रदान गरेको छ।

मंगलबार आयोजित विशेष समारोहमा वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई, नेपाल वन प्राविधिक संघ , लुम्बिनीका अध्यक्ष केशव खड्का,संघका केन्द्रीय महासचिव गोविन्द दाहाल तथा वन निर्देशनालयका महानिर्देशक ईश्वरी पौडेल ले संयुक्त रूपमा सुबेदीलाई सम्मानपत्रसहित ५० हजार रुपैयाँ नगद प्रदान गर्दै सम्मानित गरेका हुन्।

वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले वन संरक्षण र प्राकृतिक स्रोत व्यवस्थापनमा खटिएका जनशक्तिको योगदानलाई राज्यले उचित मूल्याङ्कन गर्नुपर्ने बताए । उनले भने,‘ यस्तो खालको सम्मानले सम्मानले कर्मचारीमा थप जिम्मेवारीबोध, आत्मविश्वास र कार्यप्रेरणा बढाउने उल्लेख गर्दै उत्कृष्ट कार्य गर्ने जनशक्तिलाई सम्मान गर्ने संस्कृतिलाई संस्थागत बनाउनुपर्छ ।’

नेपाल वन प्राविधिक संघ लुम्बिनीका अध्यक्ष केशव खड्काले अवार्डको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न हुनु सम्पूर्ण वन प्राविधिक समुदायका लागि गौरवको विषय भएको धारणा राखे ।

निष्पक्ष मूल्याङ्कन प्रणालीलाई निरन्तरता दिँदै आगामी वर्षहरूमा पनि उत्कृष्ट वन प्राविधिकलाई सम्मान गरिने र अवार्डलाई राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मानका रूपमा विकास गरिने उनको भनाइ थियो।

संघका केन्द्रीय महासचिव गोविन्द दाहालले सम्मान कार्यक्रमले वन प्राविधिकहरूबीच उत्कृष्टता हासिल गर्ने सकारात्मक प्रतिस्पर्धा सिर्जना गर्ने विश्वास व्यक्त गरे। वन क्षेत्रको दीर्घकालीन विकासका लागि दक्ष, इमानदार र प्रेरित जनशक्ति अपरिहार्य रहेको उनले बताए।

वन निर्देशनालयका महानिर्देशक ईश्वरी पौडेलले परिणाममुखी कार्यसम्पादन गर्ने कर्मचारीलाई सार्वजनिक रूपमा सम्मान गर्ने अभ्यासले वन प्रशासनमा सकारात्मक ऊर्जा थप्ने र समग्र कार्यक्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने बताए ।

यस कारण वन अधिकृत विजयराज सुबेदीलाई सम्मान

यस वर्षको पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड २०८२ बाट सम्मानित डिभिजन वन अधिकृत विजयराज सुबेदी वन व्यवस्थापन, वन संरक्षण तथा वन अतिक्रमण नियन्त्रणका क्षेत्रमा उल्लेखनीय योगदानका लागि परिचित छन्।

विभिन्न जिल्लामा कार्यरत रहँदा उनले वैज्ञानिक वन व्यवस्थापन, वन अपराध नियन्त्रण, अतिक्रमित वन क्षेत्र संरक्षण तथा प्रभावकारी वन प्रशासन निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।

सम्मान ग्रहणपछि सुबेदीले उक्त अवार्डलाई व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण वन प्राविधिक समुदायप्रतिको सम्मानका रूपमा लिएको प्रतिक्रिया दिए। वन संरक्षण, दिगो वन व्यवस्थापन तथा जनसहभागितामा आधारित वन प्रशासनलाई अझ प्रभावकारी बनाउने दिशामा आगामी दिनमा थप जिम्मेवारीका साथ काम गर्ने उनले प्रतिबद्धता जनाए।

नेपाल वन प्राविधिक संघ , लुम्बिनीले स्थापना गरेको ‘लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड’ ले वन क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्राविधिकहरूको पहिचान, सम्मान र उत्प्रेरणामार्फत पेसागत दक्षता तथा कार्यसम्पादन संस्कृतिलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ। आगामी दिनमा पनि प्रत्येक वर्ष नियमित रूपमा प्रदान गर्ने संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top