ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

नेपाल–युरोपेली संघबीच कृषि, वन र वातावरणमा सहकार्य सुदृढ बनाउने प्रतिबद्धता

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेट भएको छ।

नेपालको कृषि विकास, परियोजनामार्फत कृषि क्षेत्रको सुदृढीकरण, कृषि उत्पादन बजार विस्तार मूख्यतः छुर्पी(Dog Chew)को युरोपेली बजारमा निर्यात सम्भावनाबारे छलफल भएको थियो ।

निर्यातका लागि आवश्यक मापदण्ड पूरा गर्न सम्बन्धित निकायबीच समन्वय गर्ने सहमति भएको छ भने युरोपेली संघले आवश्यक प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

यसैगरी, कञ्चनजंघा संरक्षण क्षेत्र,कृषि तथा खाद्य सुरक्षा, व्यापार प्रवर्द्धन, प्रयोगशाला क्षमता अभिवृद्धि र कृषि तथा खाद्यजन्य वस्तुको प्रमाणीकरण प्रणाली सुदृढीकरणका विषयमा समेत छलफल भएको थियो। दुवै पक्षले कृषि, वन,वातावरण तथा दिगो विकासका क्षेत्रमा नेपाल–युरोपेली संघबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

One thought on “नेपाल–युरोपेली संघबीच कृषि, वन र वातावरणमा सहकार्य सुदृढ बनाउने प्रतिबद्धता”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top