काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेट भएको छ।
नेपालको कृषि विकास, परियोजनामार्फत कृषि क्षेत्रको सुदृढीकरण, कृषि उत्पादन बजार विस्तार मूख्यतः छुर्पी(Dog Chew)को युरोपेली बजारमा निर्यात सम्भावनाबारे छलफल भएको थियो ।
निर्यातका लागि आवश्यक मापदण्ड पूरा गर्न सम्बन्धित निकायबीच समन्वय गर्ने सहमति भएको छ भने युरोपेली संघले आवश्यक प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
यसैगरी, कञ्चनजंघा संरक्षण क्षेत्र,कृषि तथा खाद्य सुरक्षा, व्यापार प्रवर्द्धन, प्रयोगशाला क्षमता अभिवृद्धि र कृषि तथा खाद्यजन्य वस्तुको प्रमाणीकरण प्रणाली सुदृढीकरणका विषयमा समेत छलफल भएको थियो। दुवै पक्षले कृषि, वन,वातावरण तथा दिगो विकासका क्षेत्रमा नेपाल–युरोपेली संघबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


https://shorturl.fm/a5UFE