ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

वन मन्त्री चौधरी र विश्व वन्यजन्तु कोष अमेरिका प्रमुख कार्याकारी अधिकृत लोरेन मेयरबीच भेटवार्ता

 काठमाडाैं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र विश्व वन्यजन्तु कोष (डब्लुडब्लएफ) अमेरिका प्रमुख कार्याकारी अधिकृत लोरेन मेयरबीच भेटवार्ता भएको छ । भेटमा नेपालको पछिल्लो बाढी तथा विपद्, पुनर्निर्माण, जैविक विविधता संरक्षण, जलवायु उत्थानशीलता, वन तथा वन्यजन्तु व्यवस्थापन र आगामी सहकार्यका विषयमा छलफल भएको छ ।

मन्त्री चौधरीविपद्को समयमा डब्लुडब्लएफले गरेको सहयोगका लागि धन्यवाद दिँदै बाढीबाट कृषि भूमि तथा वन क्षेत्रमा भएको क्षति र पुनर्निर्माणका चुनौतीबारे विषय राखेकि थिइन् । उनले पुनर्निर्माणसँगै दीर्घकालीन जलवायु तथा विपद् उत्थानशीलता विकासलाई प्राथमिकता दिनुपर्ने बताइन् ।

छलफलमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको विषयमा विशेष ध्यान दिइएको थियो । बाघको सङ्ख्या वृद्धि भएसँगै मानव–बाघ द्वन्द्व तथा जङ्गली हात्तीको समस्या र पछिल्लो समय करिब ५५ जिल्लामा देखिएको बाँदरको समस्या समाधानका लागि आधुनिक प्रविधि र वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको मन्त्री चौधरीले बताइन् ।

बाँदर व्यवस्थापनका लागि वन्द्याकरण प्रविधि, हात्ती व्यवस्थापनका लागि विशेष परियोजना तथा मानवभक्षी बाघ व्यवस्थापनका लागि विशेष संरक्षण क्षेत्र स्थापना गर्ने सम्भावनाबारे छलफल भएको जनाइएको छ । प्रमुख अधिकृत मेयर विपद्को यस कठिन समयमा सरकारसँग डब्लुडब्लएफको निरन्तर सहकार्य रहने बताउँदै पुनर्निर्माणलाई विगतको भन्दा दिगो, प्रकृतिमा आधारित र जलवायु उत्थानशील ढाँचामा अघि बढाउनुपर्नेमा जोड दिए ।

नेपालका आवश्यकताअनुसार अन्तर्राष्ट्रिय प्रविधि, ज्ञान र स्रोत परिचालनमा डब्लुडब्लएफले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top