ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

वन विज्ञान अध्ययन संस्थानद्वारा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुँदै

काठमाडौं । वन विज्ञान अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालयले साउन २९ देखि ३१ गतेसम्म “भविष्यका लागि वन व्यवस्थापन: संरक्षण, विकास र मानवीय हितबीच सन्तुलन” विषयमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।

वन, जैविक विविधता, वातावरण संरक्षण, दिगो विकास तथा मानव कल्याणसँग सम्बन्धित समसामयिक मुद्दामा केन्द्रित रहने सम्मेलनमा नेपालसहित ११ देशका अनुसन्धानकर्ता, विज्ञ तथा प्राज्ञिक व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

सम्मेलनका क्रममा ९६ वटा अनुसन्धानमूलक कार्यपत्र, १३ वटा पोस्टर प्रस्तुति तथा २ वटा मुख्य प्रस्तुति हुनेछन्। सम्मेलनमा करिब ३०० जना अनुसन्धानकर्ता, विद्यार्थी, नीति निर्माता, वन तथा वातावरण क्षेत्रका प्राविधिक तथा अन्य सरोकारवालाहरू सहभागी हुने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार सम्मेलनले वन तथा प्राकृतिक स्रोत व्यवस्थापनसँग सम्बन्धित अन्तर्राष्ट्रिय अनुभव, नवीन अनुसन्धानका निष्कर्ष, नीति निर्माण तथा व्यवहारिक कार्यान्वयनबीचको अन्तरसम्बन्धबारे गहन छलफल गर्ने अवसर प्रदान गर्नेछ। यसबाट संरक्षण, विकास र मानव कल्याणबीच सन्तुलन कायम गर्ने प्रभावकारी उपायहरूबारे साझा समझदारी विकास हुने अपेक्षा गरिएको छ।

वन विज्ञान अध्ययन संस्थान, बल्खु परिसरमा सञ्चालन हुने सम्मेलनको अन्तिम दिन संस्थानका पूर्वविद्यार्थी हरूको प्रथम भेला समेत आयोजना गरिने कार्यक्रम रहेको छ। उक्त भेलाले पूर्वविद्यार्थी,अनुसन्धानकर्ता तथा संस्थानबीच सहकार्य र ज्ञान आदान–प्रदानलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

प्राविधिक समितिका संयोजक प्रा.डा. राजेश कुमार राईका अनुसार सम्मेलनले नेपालमा वन तथा प्राकृतिक स्रोत व्यवस्थापनसम्बन्धी अनुसन्धान, नीति निर्माण र व्यावसायिक अभ्यासबीच सहकार्यलाई अझ प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।

सम्मेलनलाई वन तथा वातावरण संरक्षण क्षेत्रमा कार्यरत १० वटा संरक्षण साझेदार संस्थाहरूले सहयोग गरिरहेका छन्। आयोजकले यस सम्मेलनबाट नेपालमा वन क्षेत्रसँग सम्बन्धित अनुसन्धान र नीतिगत बहसलाई अन्तर्राष्ट्रिय स्तरमा थप विस्तार गर्ने अपेक्षा व्यक्त गरेको छ।

One thought on “वन विज्ञान अध्ययन संस्थानद्वारा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top