ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

इलाममा अबैध काठ बरामद, गस्ती परिचालनमा सक्रियता

इलाम । इलामको चुलाचुली गाउँपालिका–६ बेलचोकमा ठुलो परिमाणमा सखुवाको अवैध चिरान काठ बरामद गरिएको छ ।

स्थानीय सोमबहादुर विश्वकर्माले सञ्चालन गरेको इलामेली फर्निचरमा लुकाएर राखेको अवस्थामा साल जातको चिरान काठ बरामद गर्न स्थानीय सव डिभिजन वन कार्यालय ,सशस्त्र प्रहरी बलको टोलि उक्त क्षेत्रमा पुगेको थियो ।अवैध काठ सङ्कलन गर्ने विश्वकर्मा लगायतका व्यक्तिहरू भागेको र उनीहरूको खोजतलास भइरहेको पनि डिभिजन वन कार्यालयले जनाएको छ ।

अवैध रूपमा काठ सङ्कलन गरी फर्निचर उद्योग सञ्चालन तथा ओसारपसार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा आईतबार वन कार्यालयको टोलीले खोजतलास गर्दा साल तथा साज (असना) जातको चिरान काठ बरामद बरामद गरेको हो ।

डिभिजन वन कार्यालय इलामका सुचना अधिकारी भुवनमणि शर्माका अनुसार बरामद गरेको काठ मध्ये साल जातको चिरान ५ सय ८७ थानको ४६५.०५ क्यु.फी। र साज जातको चिरान थान ६ को ६.२५ क्यु.फी. गरी जम्मा चिरान थान ५९३ को ४७१.३० क्यु.फी. परिमाण रहेको छ । काठको बिगो आठ लाख १७ हजार ३३५ रुपैयाँ बराबरको रहेको शर्माले जानकारी दिए ।

उक्त गस्ती टोलि डिभिजन वन कार्यालय इलामका वन सहायक द्वय धनिरामसिंह कुशवाह र सीता योगीको संयुक्त कमान्डमा रहेको थियो । माई सब डिभिजन वन कार्यालय, सुखानी, इलामा तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी सँग समेत सहयोग लिइएको शर्माले जानकारी दिए ।

पछिल्लो समय चुरे क्षेत्रमा गस्तीको कार्य नियमित गरिएको र चोरि निकासी हुन नदिन सबै सरोकारवालाहरू सँग नियमित समन्वय गर्दै गस्ती कार्यमा सक्रियता बढाईएको र अनियमितता भएको जानकारी पाए नियमित सुचना उपलब्ध गराउन स्थानीयहरूलाई आव्हान गरिएको समेत बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top