ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

लुम्बिनीको जलवायु रणनीतिक कार्ययोजनाको मस्यौदामाथि छलफल

देउखुरी । लुम्बिनी प्रदेशमा ‘जलवायु परिवर्तन रणनीतिक कार्ययोजना, लुम्बिनी प्रदेशको मस्यौदा प्रतिवेदन छलफल’ कार्यक्रम सम्पन्न भएको छ।वन, वातावरण तथा पर्यटन मन्त्रालय, लुम्बिनी प्रदेशको आयोजनामा साउन २६ गते मंगलबार राप्ती उपत्यका (देउखुरी) स्थित लुम्बिनी हलमा सो कार्यक्रम सम्पन्न भएको हो।

​मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशका प्रमुख सचिवको अध्यक्षतामा सम्पन्न उक्त औपचारिक कार्यक्रममा विभिन्न मन्त्रालयका सचिव, प्रमुख तथा महाशाखा प्रमुखहरूको अतिथिका रूपमा उपस्थिति रहेको थियो।

​कार्यक्रममा वन, वातावरण तथा पर्यटन मन्त्रालयका प्रतिनिधिद्वारा सहभागी तथा अतिथिहरूलाई स्वागत गर्नुका साथै मस्यौदा प्रतिवेदनको संक्षिप्त परिचयात्मक प्रस्तुति गरिएको थियो।

त्यसै गरी विषयविज्ञ तथा पुर्व सचिव डा. प्रेम नारायण कँडेलले ‘जलवायु परिवर्तन रणनीतिक कार्ययोजना, लुम्बिनी प्रदेश’ को मस्यौदा प्रतिवेदनमाथि प्राविधिक प्रस्तुति  राखेका थिए । प्रस्तुतिपश्चात् उपस्थित सहभागीहरूबीच मस्यौदामाथि व्यापक छलफल, रचनात्मक सुझाव सङ्कलन तथा आवश्यक निर्णयहरू गरिएको थियो।

कार्यक्रममा वन, वातावरण तथा पर्यटन मन्त्रालयका सचिवले आफ्नो मन्तव्य व्यक्त  गरेका थिए  भने प्रमुख सचिवले धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top