ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

लुम्बिनीको जलवायु रणनीतिक कार्ययोजनाको मस्यौदामाथि छलफल

देउखुरी । लुम्बिनी प्रदेशमा ‘जलवायु परिवर्तन रणनीतिक कार्ययोजना, लुम्बिनी प्रदेशको मस्यौदा प्रतिवेदन छलफल’ कार्यक्रम सम्पन्न भएको छ।वन, वातावरण तथा पर्यटन मन्त्रालय, लुम्बिनी प्रदेशको आयोजनामा साउन २६ गते मंगलबार राप्ती उपत्यका (देउखुरी) स्थित लुम्बिनी हलमा सो कार्यक्रम सम्पन्न भएको हो।

​मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशका प्रमुख सचिवको अध्यक्षतामा सम्पन्न उक्त औपचारिक कार्यक्रममा विभिन्न मन्त्रालयका सचिव, प्रमुख तथा महाशाखा प्रमुखहरूको अतिथिका रूपमा उपस्थिति रहेको थियो।

​कार्यक्रममा वन, वातावरण तथा पर्यटन मन्त्रालयका प्रतिनिधिद्वारा सहभागी तथा अतिथिहरूलाई स्वागत गर्नुका साथै मस्यौदा प्रतिवेदनको संक्षिप्त परिचयात्मक प्रस्तुति गरिएको थियो।

त्यसै गरी विषयविज्ञ तथा पुर्व सचिव डा. प्रेम नारायण कँडेलले ‘जलवायु परिवर्तन रणनीतिक कार्ययोजना, लुम्बिनी प्रदेश’ को मस्यौदा प्रतिवेदनमाथि प्राविधिक प्रस्तुति  राखेका थिए । प्रस्तुतिपश्चात् उपस्थित सहभागीहरूबीच मस्यौदामाथि व्यापक छलफल, रचनात्मक सुझाव सङ्कलन तथा आवश्यक निर्णयहरू गरिएको थियो।

कार्यक्रममा वन, वातावरण तथा पर्यटन मन्त्रालयका सचिवले आफ्नो मन्तव्य व्यक्त  गरेका थिए  भने प्रमुख सचिवले धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top