ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

चितवनका चार सामुदायिक वनले काठ तथा दाउरा लिलाम गर्दै

चितवन । चितवनका चारवटा सामुदायिक वन उपभोक्ता समूहले घाटगद्दीमा रहेका काठ तथा दाउरा लिलाम बिक्री गर्ने भएका छन्। भरतपुर र राप्ती क्षेत्रका बागेश्वरी, इन्द्रेणी, कमिरेपानी र पर्वत सामुदायिक वनले  छुट्टाछुट्टै सिलबन्दी बोलपत्र आह्वान गर्दै काठ तथा दाउरा बिक्री प्रक्रिया अघि बढाएका हुन्।

डिभिजन वन कार्यालयमा सूचीकृत काठ तथा दाउरामा आधारित सःमिल, फर्निचर उद्योग तथा सम्बन्धित फर्महरूले तोकिएको समयभित्र बोलपत्र पेस गर्न सक्नेछन्।

भरतपुर महानगरपालिका–२९ मा रहेको बागेश्वरी सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०८२-०८३ मा सङ्कलन गरी घाटगद्दीमा राखिएका काठ तथा दाउरा लिलाम बिक्री गर्न लागेको हो। समूहले साल, अस्ना, कर्मा, जामुन, कुम्भि, टाँटरी, बरो, सिगानेलगायत विभिन्न जातका गोलिया काठ तथा दाउरा चारवटा लटमा विभाजन गरी बिक्री गर्न लागेको जनाएको छ।

बागेश्वरीको बोलपत्र फाराम २०८३ भदौ ११ गतेसम्म खरिद गर्न सकिनेछ भने भदौ १२ गते दिउँसो १ बजेसम्म बोलपत्र दाखिला गर्नुपर्नेछ। बोलपत्र भदौ १३ गते दिउँसो १ बजे खोलिनेछ। प्रतिलट फाराम शुल्क दुई हजार रुपैयाँ र कबोल रकमको १० प्रतिशत धरौटी तोकिएको छ।

त्यस्तै, भरतपुर महानगरपालिका–२९, जुगेडीस्थित इन्द्रेणी सामुदायिक वन उपभोक्ता समूहले आव २०८२-८३ मा सङ्कलित सालको ठूलो परिमाणको गोलिया काठ लिलाम बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ। समूहले घाटगद्दीमा रहेका काठलाई ६ वटा लटमा विभाजन गरी बिक्री गर्न लागेको हो।

इन्द्रेणीको बोलपत्र फाराम भदौ ११ गतेसम्म खरिद गर्न सकिनेछ भने भदौ १२ गते दिउँसो ३ बजेसम्म बोलपत्र दाखिला गर्नुपर्नेछ। बोलपत्र भदौ १३ गते दिउँसो १ बजे खोलिनेछ। प्रतिलट दुई हजार रुपैयाँ फाराम शुल्क र कबोल रकमको १० प्रतिशत धरौटी तोकिएको छ।

यसैगरी, राप्ती नगरपालिका–१० र ११ मा रहेको कमिरेपानी सामुदायिक वन उपभोक्ता समूहले घाटगद्दीमा रहेका साल, असना, कर्मा र सान्दन जातका गोलिया काठ तथा साल र मिश्रित दाउरा लिलाम गर्ने भएको छ। समूहले काठ तथा दाउरालाई दुईवटा लटमा विभाजन गरी सिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको हो।

कमिरेपानीको बोलपत्र फाराम भदौ ११ गतेसम्म खरिद गर्न सकिनेछ। बोलपत्र भदौ १२ गते दिउँसो १ बजेसम्म दाखिला गर्नुपर्नेछ भने भदौ १३ गते दिउँसो १ बजे खोलिनेछ। प्रतिलट एक हजार रुपैयाँ फाराम शुल्क र कबोल रकमको १० प्रतिशत धरौटी वा बैंक ग्यारेण्टीको व्यवस्था गरिएको छ।

राप्ती नगरपालिका–१० स्थित पर्वत सामुदायिक वन उपभोक्ता समूहले पनि आव २०८२-०८३ मा सङ्कलित तथा आव २०८१-०८२ को आपूर्तिबाट फिर्ता आएका काठ तथा दाउरा लिलाम बिक्री गर्ने भएको छ। समूहले साल र असना जातका गोलिया काठ, सालको चिरान काठ तथा साल मिश्रित दाउरालाई तीनवटा लटमा विभाजन गरी बिक्री गर्न लागेको हो।

पर्वत सामुदायिक वनको बोलपत्र फाराम भदौ ११ गतेसम्म खरिद गर्न सकिनेछ भने भदौ १२ गते दिउँसो १ बजेसम्म बोलपत्र दाखिला गर्नुपर्नेछ। बोलपत्र भदौ १३ गते दिउँसो १ बजे खोलिनेछ। प्रतिलट एक हजार रुपैयाँ फाराम शुल्क र कबोल रकमको १० प्रतिशत धरौटी वा बैंक ग्यारेण्टी बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

चारवटै सामुदायिक वनले बोलपत्रमा सहभागी हुने इच्छुक फर्म तथा उद्योगहरूलाई सम्बन्धित सूचनामा उल्लेख गरिएका शर्त, कागजात, दररेट, काठको परिमाण तथा बोलपत्रसम्बन्धी अन्य प्रावधान पूरा गरी निर्धारित समयभित्र आवेदन दिन आग्रह गरेका छन्।

सामुदायिक वनहरूले घाटगद्दीमा रहेका वन पैदावारलाई प्रतिस्पर्धात्मक प्रक्रियाबाट बिक्री गर्न थालेसँगै स्थानीय काठ तथा दाउरा आधारित उद्योगका लागि कच्चा पदार्थ उपलब्ध हुने र वन पैदावारको व्यवस्थित उपयोगमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top