ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ कार्यान्वयनमा ल्याउने सुदूरपश्चिम प्रदेशको घोषणा

बाजुरा । सुदूरपश्चिमको पहाडी भूगोलमा प्रकृति संरक्षणको नयाँ अध्याय सुरु भएको छ। धार्मिक तथा प्राकृतिक पर्यटनको महत्वपूर्ण गन्तव्य बडीमालिकादेखि ताल, वन र जैविक विविधताले भरिएको रामारोशनसम्मको विशाल भूभागलाई एउटै संरक्षण भूगोलमा जोड्दै प्रदेश सरकारले ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ।

दुई जिल्लाका अलग–अलग प्राकृतिक क्षेत्रलाई एउटै संरक्षण अवधारणामा जोडिएको यो निर्णयले वन संरक्षणसँगै जैविक विविधता, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन, स्थानीय समुदायको सहभागिता र पर्यावरणीय पर्यटनको सम्भावनालाई एकै ठाउँमा ल्याउने बाटो खोलेको छ।

धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश मन्त्रिपरिषद्को साउन १९ गतेको निर्णयअनुसार संरक्षण क्षेत्र घोषणा गरिएको जानकारी दिए। उनका अनुसार सुदूरपश्चिम प्रदेश वन ऐन, २०७७ को दफा २६(१) बमोजिम यो क्षेत्र घोषणा गरिएको हो।

मुख्यमन्त्री शाहले बडीमालिका र रामारोशन क्षेत्रका वन तथा प्राकृतिक सम्पदालाई एउटै संरक्षण क्षेत्रका रूपमा विकास गर्ने उद्देश्य रहेको बताए। प्राकृतिक सम्पदा, जैविक विविधता र वन संरक्षणलाई प्रभावकारी बनाउँदै स्थानीय समुदायलाई संरक्षण अभियानसँग जोड्ने प्रदेश सरकारको नीति रहेको उनको भनाइ छ।

४९८ वर्गकिलोमिटरको संरक्षण भूगोल

घोषित संरक्षण क्षेत्र सामान्य प्रशासनिक सीमाभित्र सीमित छैन। यसले बाजुरा र अछामका विभिन्न स्थानीय तहका महत्वपूर्ण वन तथा प्राकृतिक भूभागलाई समेटेको छ।

बाजुरातर्फ बडीमालिका नगरपालिका–५, ६, ७ र ८ तथा त्रिवेणी नगरपालिका–५, ६, ७ र ९ का क्षेत्र समेटिएका छन्। त्यस्तै अछामतर्फ मेल्लेख गाउँपालिका–१ र २ तथा रामारोशन गाउँपालिका–४, ५ र ६ समावेश गरिएका छन्। यी भूभागलाई जोडेर कुल ४९८.४ वर्गकिलोमिटर क्षेत्रफललाई वन संरक्षण क्षेत्रमा समेटिएको छ।

यो क्षेत्रफल केवल नक्सामा थपिएको संरक्षण भूभाग होइन। यसभित्र पहाड, वन, जलस्रोत, ताल, वन्यजन्तुको सम्भावित बासस्थान, जैविक विविधता र स्थानीय समुदायको जीवनसँग जोडिएका प्राकृतिक स्रोतहरू छन्। त्यसैले यसको व्यवस्थापन अब संरक्षण र विकासबीचको सन्तुलन कायम गर्ने ठूलो जिम्मेवारीका रूपमा पनि अगाडि आएको छ।

बडीमालिका र रामारोशन : दुई गन्तव्य, एउटै संरक्षण अभियान

बडीमालिका धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका कारण परिचित छ। अर्कोतर्फ रामारोशन क्षेत्र प्राकृतिक सौन्दर्य, ताल तथा जैविक विविधताका कारण आकर्षणको केन्द्रका रूपमा स्थापित छ। यी दुई क्षेत्रलाई एउटै संरक्षण भूगोलमा जोडिनुले सुदूरपश्चिमको प्रकृति संरक्षणलाई नयाँ दृष्टिकोण दिन सक्छ।

अहिलेसम्म अलग–अलग गन्तव्यका रूपमा चिनिएका यी क्षेत्र अब वन संरक्षण, जैविक विविधता संरक्षण र पर्यावरणीय पर्यटनको साझा अवधारणामा जोडिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top