ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

काठ तस्करीको नयाँ चाल, जंगलमै चिरान गरेर कडी बनाइँदै

 

रौतहट । रौतहटमा काठ तस्करी गर्ने समूहले प्रहरी र वन कर्मचारीलाई झुक्याउन तस्करीको शैली परिवर्तन गर्न थालेका छन्। पछिल्लो समय जंगलमै सालको काठ चिरान गरी सानो आकारको ‘कडी’ बनाएर बाहिर निकाल्ने गरेको पाइएको छ।

यसै क्रममा धनसार–गौँडाटार सीमा क्षेत्रको घना जंगलबाट डिभिजन वन कार्यालय रौतहटको रात्रि गस्ती टोलीले मंगलबार राति करिब साढे ९ बजे बेवारिसे अवस्थामा राखिएको सालको चिरान काठ बरामद गरेको छ।

डिभिजन वन कार्यालयका अधिकृत अनिलकुमार महतोका अनुसार काठ कसले र कुन प्रयोजनका लागि चिरान गरी राखेको हो भन्ने खुलेको छैन। काठ नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

वन कार्यालयका प्रमुख मनोज ठाकुरका अनुसार अवैध कटानी, चोरी तथा निकासी नियन्त्रणका लागि रात्रि गस्ती र निगरानी थप प्रभावकारी बनाइएको छ। वनकर्मीको निगरानी बढेसँगै तस्करले समेत तस्करीको तरिका परिवर्तन गर्न थालेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top