ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

काठ तस्करीको नयाँ चाल, जंगलमै चिरान गरेर कडी बनाइँदै

 

रौतहट । रौतहटमा काठ तस्करी गर्ने समूहले प्रहरी र वन कर्मचारीलाई झुक्याउन तस्करीको शैली परिवर्तन गर्न थालेका छन्। पछिल्लो समय जंगलमै सालको काठ चिरान गरी सानो आकारको ‘कडी’ बनाएर बाहिर निकाल्ने गरेको पाइएको छ।

यसै क्रममा धनसार–गौँडाटार सीमा क्षेत्रको घना जंगलबाट डिभिजन वन कार्यालय रौतहटको रात्रि गस्ती टोलीले मंगलबार राति करिब साढे ९ बजे बेवारिसे अवस्थामा राखिएको सालको चिरान काठ बरामद गरेको छ।

डिभिजन वन कार्यालयका अधिकृत अनिलकुमार महतोका अनुसार काठ कसले र कुन प्रयोजनका लागि चिरान गरी राखेको हो भन्ने खुलेको छैन। काठ नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

वन कार्यालयका प्रमुख मनोज ठाकुरका अनुसार अवैध कटानी, चोरी तथा निकासी नियन्त्रणका लागि रात्रि गस्ती र निगरानी थप प्रभावकारी बनाइएको छ। वनकर्मीको निगरानी बढेसँगै तस्करले समेत तस्करीको तरिका परिवर्तन गर्न थालेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top